नेभिगेसन मेनु

शाश्वतधाममा हनुमान कथा प्रबचन सुरु
सम्पादक:南亚网络电视
समय:2023-08-20 11:46

baba

काठमाडौ, भदौं ३ गते । नवलपरासी पूर्बको दुम्कौलीस्थित शास्वतधाममा शनिबारदेखि विराट हनुमान कथा प्रबचन सुरु भएको छ । भारतस्थित बागेश्वरधामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले तीन दिनसम्म हनुमान कथा प्रबचन गर्नु हुनेछ ।

प्रवचन शनिबारदेखि सुरु भएको चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्माण चौधरीले बताउनुभयो । बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्रकृष्ण शास्त्री शनिबार नै काठमाडौंबाट भरतपुर बिमानस्थल हुदै दुम्कौलीस्थित शास्वतधाम पुग्भनुएको हो ।

“शास्वतधाममा आगामी सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नु हुनेछ” उहाँले भन्नुभयो, “हनुमान कथा प्रबचनका लागि दैनिक १० हजारदेखि २० हजारसम्म अटाउनेगरी भक्तजनलाई कथा श्रवणका लागि बस्ने ब्यबस्था मिलाइएको छ ।”

शास्त्रीको कथा सुन्न शास्वतधाममा प्रबेशका लागि अनलाइन पासको ब्यबस्था गरिएको छ । शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

उद्योगपती एवं प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले निर्माण गर्नुभएको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलो पटक नेपाल आउनुभएको हो ।

शास्वतधाम हिन्दु धर्मका सबै देवी देवताको एकै थलोमा पुजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ । शास्वतधाम वास्तुशास्त्रअनुसार निर्माण गरिएको रमणीय र आकर्षक शैलीको हिन्दु मन्दिर हो । यहाँ संस्कृत गुरुकुल समेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदैआएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर