नेभिगेसन मेनु

बाल बचाउमा अधिक बजेट
सम्पादक:南亚网络电视
समय:2023-08-26 16:28

ण

सुर्खेत, भदौ ९ गते । कर्णाली प्रदेशमा बालकेन्द्रित बजेटमध्ये सबैभन्दा धेरै बाल बचाउको क्षेत्रमा विनियोजन गरिएको पाइएको छ । कर्णाली प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयले बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गर्दा नीतिगत क्षेत्रमा भन्दा बाल बचाउ क्षेत्रमा धेरै बजेट विनियोजन गरेको पाइएको हो । आर्थिक वर्ष २०७७/७८, २०७८/७९ र २०७९/८० मा सामाजिक विकास मन्त्रालयले बाल बचाउमा सबैभन्दा धेरै ८० प्रतिशतभन्दा बढी बजेट छुट्याउने गरेको छ । 

आव २०७७/७८ मा मन्त्रालयले बालबालिकाको क्षेत्रमा छुट्याइएको कुल बजेट १२ करोड ४० लाखमध्ये बाल बचाउमा १० करोड ९९ लाख अर्थात् ८८ प्रतिशत बजेट थियो । आव २०७८/७९ मा मन्त्रालयले बालबालिकाको क्षेत्रमा छुट्याएको २५ करोड १७ लाख ६१ हजार बजेटमध्ये बाल बचाउ र पोषणमा २२ करोड ९५ लाख २० हजार अर्थात ९१ प्रतिशत बजेट थियो । आव २०७९÷८० मा मन्त्रालयले बालबालिकाको क्षेत्रमा १५ करोड १५ लाख ७९ हजार बजेटमध्ये बाल बचाउ र पोषणमा १३ करोड २८ लाख अर्थात् ८७ प्रतिशत छुट्याइएको बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले जनाएको छ । 

अभियानका अनुसार प्रदेशको कुल बजेटमध्ये माथि उल्लिखित तीन आर्थिक वर्षमा बालबालिकाको क्षेत्रमा २.३६ प्रतिशत, ४.३२ प्रतिशत र २.५२ प्रतिशत विनियोजन गरिएको छ । ती बजेट कार्यान्वयनका लागि मन्त्रालयले बर्सेनि एक सयभन्दा बढी क्रियाकलापसमेत गर्दै आएको छ । आव २०७७/७८ मा १३२ वटा, २०७८/७९ मा १७९ वटा र २०७९/८० मा २१२ वटा क्रियाकलापको सङ्ख्या मन्त्रालयले राखेको थियो । 

अभियानले मन्त्रालयले बालबालिकाको क्षेत्रमा छुट्याएको बजेट र यसको अवस्थाका बारेमा पनि अध्ययन गरेको थियो । अध्ययनका क्रममा मन्त्रालयले बर्सेनि बालबालिकाको क्षेत्रमा गरिने क्रियाकलापको सङ्ख्या बढाउँदै लगे पनि विनियोजन हुने बजेटमा वृद्धि हुन नसकेको जनाइएको छ । आन्तरिक स्रोत र सङ्घीय सरकारबाट पाउने अनुदानमा बालबालिकाको क्षेत्रमा बजेट कम छुट्याउने गरिएको, बाल अधिकार नीतिगत क्षेत्रमा भन्दा बाल बचाउ पोषण र संरक्षणमा बजेट बढी विनियोजन गर्ने गरिएको पाइएको निष्कर्ष अध्ययनले निकालेको छ । अभियानका प्रदेश संयोजक टीकाराम आचार्यले बालबालिकाको क्षेत्रमा प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले न्यून बजेट छुट्याउने गरे पनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर