नेभिगेसन मेनु

सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
सम्पादक:南亚网络电视
समय:2023-07-28 16:12

ण

हुम्ला, साउन १२ गते । सिमकोट गाउँपालिकाले आर्थिक वर्ष ०७९।०८० मा वार्षिक लक्ष्य राखेकोभन्दा झण्डै दोब्बर राजस्व असुली गर्न सफल भएको छ । गाउँसभाबाट पारित भएर कार्यान्वयनमा आएका करको दायरा वृद्धि गरेपछि पहिलो पटक जिल्लामै सबैभन्दा बढी राजस्व असुली गर्न गाउँपालिका सफल भएको हो । 

गाउँपालिका लेखा प्रमुख विशाल बोहराले सङ्घीयता लागु भएर स्थानीय तहको निर्वाचन भएयता आर्थिक वर्ष ०७९।०८० मा सबैभन्दा बढी राजस्व असुली गर्न गाउँपालिका सफल भएको बताउनुभयो । उहाँले वार्षिक लक्ष्य ५० लाख राखेको भएपनि ९३ लाख २५ हजार ७२७ रुपियाँ राजस्व असुली गर्न सफल भएको बताउनुभयो । उहाँले दश वटा करका शीर्षकबाट यो रकम असुली भएको बताउँदै सबैभन्दा बढी भूमिकर ४३ लाख ४६ हजार ११२ रुपियाँ उठेको बताउनुभयो । 

त्यसैगरी, कर असुलीका अन्य शीर्षकबाट उठेको करमा घरबहाल करबाट छ लाख ७८ हजार ३४०, पर्यटन शुल्कबाट एघार लाख ६५ हजार ४१ रुपियाँ, परिक्षा शुल्कबाट ३८ हजार पाँच सय, सिफारिस दस्तुरबाट दुई लाख २४ हजार चार सय ८०, व्यक्तिगत घटना दर्ता दस्तुरबाट १५ हजार दुई सय ५८, नाता प्रमाणीत दस्तुर नौं हजार तीन सय, व्यवसाय रजिष्ट्रेशन दस्तुर सात लाख २५ हजार १९, अन्य राजस्वबाट  एक लाख १४ हजार पाँच सय र बेरुजुबाट चार लाख आठ हजार सात सय ७६ रुपियाँ असुली भएको हो । उहाँले यसरी राजस्व असुली हुनुमा करका बारेमा जनचेतना फैलाउन र सेवाग्राही यसप्रति सकरात्मक भएको कारण यो सम्भव भएको बताउनुभयो । जिल्लाका अन्य छ वटा नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाको भने दशदेखि पन्द्र लाख मात्र राजस्व असुली भएको देखिन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर