नेभिगेसन मेनु

सेरी सिँचाइ कुलो निर्माणले उत्पादनमा दोब्बर वृद्धि
सम्पादक:南亚网络电视
समय:2023-07-29 19:11

ण

हुम्ला, साउन १३ गते । आरसिसी नहर भएको सिँचाइ कुलो निर्माणले किसानलाई खेती गर्न सजिलो मात्र होइन बाली उत्पादनमा पनि दोब्बर वृद्धि भएको छ ।

आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने किसानलाई सिँचाइ कुलोले गर्दा आवश्यकता अनुसार बाली लगाई उत्पादनमा वृद्धि भएको हो । ताँजाकोट गाउँपालिका– ५ का किसान भरत बुढाले सिँचाइ कुलो निर्माणले खेती गर्न सजिलो र आवश्यकता परेको बेला सिँचाइ गर्न सहज भएको बताउनुभयो ।

यसअघि उहाँले खेतीपाती गर्न आकाशे पानीको भर पर्नु परि रहेको अवस्थामा सिँचाइ कुलो निर्माणले त्यो समस्या हटेको बुढाले बताउनुभयो । ‘‘गत वर्षभन्दा यसवर्ष उवा र गहुँ (जेठासी) बाली दोब्बरले वृद्धि भएको छ । यसले किसानहरू निक्कै खुसी छन् । सिँचाइले किसानलाई जेठासी र कात्तिके बाली लगाउन सहज भएको छ,’’ बुढाले भन्नुभयो । 

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख अकल महतले दुई आर्थिक वर्षमा खाजी खोलादेखि सेरी सिँचाइ आयोजना सम्पन्न भएको बताउनुभयो । यो सिँचाइ आयोजना आर्थिक वर्ष २०७७/०७८ बाट सुरु भएर २०७८/०७९ मा सम्पन्न भएको हो । 

स्थानीय उपभोक्ता समितिमार्फत निर्माण कार्य भएको सिँचाइ आयोजनाका लागि कार्यालयले एक करोड पाँच लाख रुपियाँ बजेट खर्च गरेको थियो । यसबाट इन्टेक निर्माण र एक हजार मिटर आरसिसी नहर निर्माणका साथै आवश्यक स्थानमा सुख्खा गाह्रा समेत निर्माण गरिएको छ । महतलले यो आयोजनाले २० हेक्टर खेती योग्न जमिन सिञ्चित भएको जानकारी दिनुभयो । 

उहाँले आकाशे पानीको भरमा खेती हुने सेरीमा सिँचाइ आयोजना सम्पन्न भएर सञ्चालनमा आउँदा उत्पादनमा पचास प्रतिशतसम्म वृद्धि भएको बताउनुभयो । यसबाट सेरी गाउँका सत्तरी भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर