नेभिगेसन मेनु

एक वर्षमै अस्पताल खारेज
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-25 12:26

Untitled-1 (1)

कालीकोट, भदौ ८ गते । कालीकोटको सरुवा रोग अस्पताल सञ्चालन भएको एक वर्षमै खारेज भएको छ। कोरोना कालमा कोभिड अस्पताल बनाइएको जिल्लाको एकीकृत भवनलाई कर्णाली प्रदेश सरकारले एक वर्षअघि सरुवा रोग अस्पताल नामकरण गरेको थियो। 

आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेटमा सरुवा रोग अस्पतालका बारे प्रदेश सरकार बेखबर भएपछि अस्थायी रूपमा सञ्चालनमा आएको अस्पताल स्वतः खारेज भएको हो। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले निर्णय गरेको भन्दै दुई पटक सरुवा रोग अस्पतालको उद्घाटन समेत गर्नुभएको थियो। आव २०७९/८० मा अस्पतालको नाममा एक करोड बजेटसमेत विनियोजन भएको थियो।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका कर्मचारीले कार्यालयकै कमजोरीकै कारणले अस्पताल खारेज भएको दाबी गर्छन्। सरुवा रोग अस्पतालका लागि नियुक्त गरिएका डाक्टरसहित १८ जना कर्मचारीलाई सरुवा रोग अस्पतालमा कामकाज नगराएर जिल्ला अस्पतालमा खटाइएको थियो। सरुवा रोग अस्पतालका लागि नियुक्त गरिएका स्वास्थ्यकर्मी अन्य अस्पतालमा कामकाजमा खटाएकै कारणले सरुवा रोग अस्पतालमा एक जना पनि बिरामीले सेवा पाएनन्।  

अस्पतालमा बिरामी जाँच गर्ने र हेरचाह हेर्ने कर्मचारी नभएका कारणले बिरामी आउनै छाडेका थिए। आएका बिरामीलाई पनि जिल्ला अस्पतालमा पठाउने काम हुँदा अस्पताल खारेज हुन पुगेको कर्मचारीको भनाइ छ । सरुवा रोग अस्पतालमा कर्मचारीलाई काम गर्न दिँदा त्यहाँको व्यवस्थापन अलग हुने चिन्ताले त्यहाँ कर्मचारी नराखेर जिल्ला अस्पतालको कामकाजमा खटाइएको स्रोतको दाबी छ तर स्वास्थ्य सेवा कार्यालयका तत्कालीन निमित्त व्यवस्थापक जनस्वास्थ्य अधिकृत कटक महत त्यो कुरा अस्वीकार गर्नुहुन्छ। उहाँले अस्पताल स्थापनाका लागि आफूहरू पनि मन्त्रालयमा पुगेको र पुनर्बहालीको माग गरेको दाबी गर्नुहुन्छ। अस्पताल खारेज भएकोप्रति स्वास्थ्य सेवा कार्यालय खासै चिन्तित छैन।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर