नेभिगेसन मेनु

सरकारी विद्यालयमा बढ्दै विद्यार्थी
सम्पादक:南亚网络电视
लेखक:गोर्खापत्र
समय:2023-08-11 17:14

badimalika-mabi-raskot

कालीकोटमा पछिल्लो समय सामुदायिक विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको छ । कुनै बेला सरकारी विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बढ्दै गएको आकर्षण पछिल्लो समय घट्दै जाँदा सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो ।

स्थानीय सरकारको निति र गैरसरकारी संघसंस्थाले विभिन्न सचेतना मुलक अभियान सञ्चालनसँगै सहयोग गर्न थालेपछि विद्यार्थीको आकर्षण सरकारी विद्यालयमा बढ्न थालेको हो ।

जिल्लाको बडिमालिका माध्यमिक विद्यालय स्युनामा यस शैक्षिक सत्रमा तीन सय ८४ जना थप विद्यार्थी भर्ना भएको पाइएको छ । गत शैक्षिक सत्र २०७९ मा ८१५ जना विद्यार्थी सङ्ख्या रहेको बडिमालीका माध्यमिक बिद्यालयमा यस शैक्षिक सत्रमा एक हजार १९९ जना विद्यार्थी अध्यानरत छन् ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा लागू गरेको बाल बिबाह, छिटो बिबाह र जबरजस्ती बिाबह परियोजनाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने काम गरेको छ ।

यसको प्रभावले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धी भएको विद्यालयको बुझाइ छ । बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज वरालले सरकारी विद्यालयमा विद्यार्थी भर्नामा गैर सरकारी सस्थाको सहयोग राम्रो रहेको बताउनुभयो । प्रअ बरालले विद्यालय बाहिर रहेका बालबालिकालाई विभिन्न सहयोग मार्फत् बिद्यालयमा भर्ना गर्न थालेपछि सरकारी विद्यालयमा विद्यार्थी बढ्न थालेका सुनाउनुभयो । 

जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका भित्रका विद्यालयमा विद्यार्थी भर्ना गर्न परियोजनाले सहयोग गरेपछि सरकारी विद्यालयमा विद्यार्थी अनुपात बढेको छ । नरहरिनाथ गाउँपालिका–३ को रमा माविमा पनि गत शैक्षिक सत्रभन्दा यस वर्ष ८७ जना थप विद्यार्थी भर्ना भएका छन् । 

परियोजनाले विद्यालयमा परम्परागत सामाजिक हानिकारक मानवदण्डहरू जस्तै बाल, बाल्यकाल र जबरजस्ती विवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा, जातीय विभेद र विद्यालय छाड्ने दरलाई न्यूनीकरण गर्न सचेतीकरणका काम गरिरहेको छ । साथै परियोजनाले विभिन्न हस्तक्षेपहरू मार्फत् शान्तिपूर्ण, तीर्थस्थल र समावेशी बालमैत्री वातावरण सिर्जना गर्न थालेपछि विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढेको बताइन्छ ।

शिक्षा विकास तथा समन्वय ईकाइ कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालले जिल्लाका नौ स्थानीय तहका ती सय सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धी भइरहेको बताउनुभयो । उहाँले कुनैमा धेरै र कुनैमा अलि कम सङ्ख्यामा भर्ना दर बढेको आफुले पाएको बताउनुभयो । कालीकोटमा आधारभूत विद्यालय २२५ वटा, माध्यमिक विद्यालय ७५, बालविकास केन्द्र ४२ वटा रहेका छन् भने जिल्लामा तीन वटा क्याम्पस, सामुदायिक सिकाई केन्द्र ३० वटा र खुला विद्यालय एक गरी जम्मा ३७६ शिक्षालय रहेका छन् । विद्यालय सङ्ख्या सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा उपलब्ध गराउदै आएको छ ।

सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ कार्यान्वयन गरी माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने र सबैका लागि शिक्षामा पहुँच सुनिश्चित गर्ने नितिले पनि विद्यार्थीको सरकारी विद्यालयमा रुची बढेको देखिन्छ  । कालीकोटका बडिमालीका मावि रास्कोट लगायतका केही विद्यालयमा छिमेकी जिल्ला दैलेख र सुर्खेतबाट विद्यार्थी पढ्न आउने गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर