नेभिगेसन मेनु

कर्णालीमा पर्याप्त मल मौज्दात
सम्पादक:南亚网络电视
लेखक:गोर्खापत्र
समय:2023-08-12 12:56

Untitled-1 (10)

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीलाई आवश्यक परिमाणमा मल सञ्चय गरेपछि यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ। भदौ महिनासम्मका लागि आवश्यक पर्ने रासायनिक मल गोदाममा मौज्दात रहेको छ। विगतमा धान खेतीको समयमा बर्सेनि मलको अभाव हुने गरेको थियो। कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठका अनुसार भदौसम्मलाई पुग्ने गरी गोदाममा मल मौज्दात रहेको र थप ल्याइने क्रममा रहेको छ। हाल युरिया १२० टन, डिएपी १५० टन, पोटास ४४ टन र कृषि चुन ११ टन गोदाममा छ।

गोदाममा मौज्दात रहेको मल भदौ तेस्रो सातासम्मका लागि पुग्ने र भदौको तेस्रो साता नै थप मल आउने भएकाले अभाव नहुने अवस्था छ। उहाँले भन्नुभयो, “गोदाममा पर्याप्त मल उपलब्ध छ। भदौ तेस्रो सातामा थप मल आउने क्रममा रहेको छ। खरिद प्रक्रियामा रहेकाले मल सबै आयो भने गहुँ बालीलाई पनि धान्न सक्ने देखिन्छ।” थप मलका लागि प्रक्रिया सुरु भइसकेकाले मल अभाव नहुने प्रमुख श्रेष्ठको दाबी छ।

धान खेतीको मुख्य मौसम असार, साउन र भदौमा रासायनिक मलको माग अत्यधिक हुन्छ। त्यसका लागि जिल्ला जिल्लामा मल पठाइएको छ। रासायनिक मल अभाव हुन नदिन थप मल आपूर्तिको प्रक्रियामा छ। कम्पनीले प्रदेशका चार जिल्लामा मल वितरण गर्दै आएको छ। सुर्खेत, दैलेख, कालीकोट र जाजरकोट जिल्लामा दर्ता भएका सहकारी संस्थामार्फत मल वितरण हुने गरेको छ। 

कर्णालीमा युरिया मल बढी खपत भइरहे पनि साबिक कर्णाली अञ्चलका जिल्लामा रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ। प्रदेशमा कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मल वितरण गर्दै आएको छ। अहिले पनि विभिन्न समूह, सहकारीमार्फत मल धमाधम बिक्री भइरहेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कर्णालीमा १६५ टन युरिया मल, ३० टन डिएपी, पोटास छ टन र कृषि चुन १० टन खपत भएको छ। गत आर्थिक वर्ष २०७९/८० मा १४ सय ५५.३ टन युरिया, आठ सय ४९.३५० टन डिएपी र ६८.७ टन पोटास खपत भएको थियो।

९८ प्रतिशत रोपाइँ

कर्णालीमा रोपाइँ अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ४४ हजार ५०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय सुर्खेतले दिएको जानकारी अनुसार कुल ४५ हजार ३८७ हेक्टर क्षेत्रफलमध्ये ४४ हजार ५०५ हेक्टर क्षेत्रफलमा अहिलेसम्म धान रोपिएको हो। अब बाँकी ८८२ हेक्टर क्षेत्रफलमा पनि रोपाइँ भइरहेको निर्देशनालयले जनाएको छ।

यो वर्ष समयमै वर्षा नहुँदा मध्य असारसम्म पनि रोपाइँ सुरु भएको थिएन। कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाका अनुसार वर्षा ढिला हुँदा रोपाइँ ढिला सुरु भएको थियो। समग्रमा कर्णाली प्रदेशभर ९८.०५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। उहाँले भन्नुभयो, “वर्षा ढिलो मात्र भएको हुँदा गत वर्षभन्दा रोपाइँ सकिन समय लागेको हो। रोपाइँ ढिला भए पनि उत्पादनमा कुनै असर नपर्ने देखिन्छ।”

निर्देशनालयका अनुसार दैलेख, डोल्पा र रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ सकिएको छ। सुर्खेतमा ९६.५ प्रतिशत, जाजरकोटमा ९८.६ प्रतिशत, सल्यानमा ९८ प्रतिशत, मुगुमा ९८ प्रतिशत, जुम्लामा ९७ प्रतिशत, कालीकोटमा ९९ प्रतिशत र हुम्लामा ९७.८६ प्रतिशत रोपाइँ भइसकेको छ। निर्देशक रोकायाका अनुसार अब छिटफुट मात्र रोपाइँ बाँकी छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर