नेभिगेसन मेनु

हुम्लामा पहिरोले ४० परिवार जोखिममा
सम्पादक:南亚网络电视
समय:2023-07-30 12:47

DBADFB

शुक्रवार राती छ बजेबाट अविरल वर्षाको कारण गएको पहिरोबाट सर्केगार्ड गाउँपालिका– २ को रिपको ४० परिवार जोखिममा परेको छ । गाउँ माथिको भिरालो जमिनबाट चार स्थानमा आएको पहिरोको कारण सो गाउँ जोखिममा परेको हो ।

रिप गाउँकी स्थानीय सीता परियारले शुक्रवार रातीबाट आएको पहिरोको कारण गाउँ उच्च जोखिममा परेको बताउनुभयो । उहाँले रातीबाटै पहिरोले गाउँलाई जोखिम देखिएपछि रातभर स्थानीय जाग्राम रहेको बताउँदै यसबाट सिङ्गो गाउँवासी त्रासका बिच बसी रहेको बताउनुभयो । दुई रात लगातार नसुतेर स्थानीय बस्नुपरिरहेको छ । गाउँ आउने बाटो पहिरोले सबैतिर बन्द गरेको र घट्टसमेत बगाएका कारण स्थानीयलाई खाद्यान्न समस्या देखिने उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले पहिरोको कारण चालीस घर जोखिममा रहेकोले उहाँहरू सबै आफ्नो घर छोडेर आफन्तको घरमा शरण लिँदै आएको बताउनुभयो । रिप गाउँमा २२० घरधुरी छन् । सबै स्थानीय त्रासका बीच बसिहनुभएको छ । गाउँमाथिको लेकमा जमिन भासिएका कारण घरकै पारिपट्टि पाल टाँगेर स्थानीय शनिवार राति बस्नुपरेको थियो । 

यसअघि उक्त गाउँमा २०५४ सालको साउनमा पनि यस्तै पहिरो आएको थियो । गाउँभन्दा माथिबाट आएको पहिरोले सयौँ बिघा कोदोलगायतका बाली लगाएको जग्गालाई क्षति पुर्‍याएको छ । गाउँमा जाने सबै बाटो बन्द भएका छन् भने रिपगाडमा रहेको बिधुतलाई समेत क्षेती पुर्‍याएको कारण गाउँ अन्धकार भएको छ । खानेपानीसमेत पहिरोले बगाएको कारण लेदो मिसिएको पानी प्रयोग गर्न स्थानीय बाध्य हुँदै आएका छन् । 

अधिकांश स्थानीयले शनिवार बिहानबाट खाना खान समेत सकेका छैनन् । शनिवार बेलुका पहिरोले पुर्‍याएको क्षतिको अवस्थाका बारेमा बुझ्न हेलिकोप्टरमा गएको सेनानी दिनेश खड्काको नेतृत्वमा गएको सुरक्षा निकायको टोलीसँग रिप गाउँका महिलाले बस्ती  अन्यत्र सार्न समेत माग गर्नुभएको छ  । शनिवार सदरमुकाम सिमकोटबाट पैदलै गएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ७० जनाको टोली बाटो बन्द भएको कारण घटनास्थलमा पुग्न नसकेर खार्पुनाथ गाउँपालिकाको सुनाखाडामा बस्नुपरेको थियो र आज बिहान मात्रै सुरक्षाकर्मीको टोली त्यहाँ पुग्नेछ । पहिरो पीडितका लागि खाद्यान्न समस्या हुन नदिनका लागि सिमकोटका लागि पैदल मार्गबाट आउने खाद्यान्न सर्केगार्डमा रहेको र सो खाद्यान्न तत्कालका लागि उतै उपलब्ध गराउन सकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर