नेभिगेसन मेनु

त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटले मनायो प्रथम वार्षिकोत्सव
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-17 15:40

IMG_0018

कार्यक्रम पश्चात कन्फ्युसियस इन्स्टिच्युटका शिक्षक समूह र विद्यार्थीहरुसँग सामूहिक तस्बिर खिचाउनु हुदै नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सिन । तस्बिर - एस ए टि भी

काठमाडौं, साउन ३२ गते। त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको पहिलो वार्षिकोत्सव समारोह बुधबार यल्लो प्यागोडा होटलमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाली निर्देशक बाल मुकुन्द रेग्मी, चिनियाँ निर्देशक सिन लुकाओ, नेपालका केही विश्वविद्यालयका प्राध्यापक र नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सिनको उपस्थिती रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युटको स्थापना नेपाल र चीनबीचको मित्रताको नयाँ कोशेढुङ्गा हो र यो चिनियाँ संस्कृतिको प्रचार प्रसारको नयाँ मञ्च पनि हो । इन्स्टिच्युट स्थापना भएदेखि नै यसले नेपाली विद्यार्थीहरूलाई चिनियाँ भाषा सिक्ने र चिनियाँ संस्कृति बुझ्ने उच्च गुणस्तरको वातावरण उपलब्ध गराउन कडा मेहनत गरेको छ। एक वर्षको कडा परिश्रमपछि इन्स्टिच्युटले चिनियाँ शिक्षा र सांस्कृतिक आदानप्रदानमा उल्लेखनीय नतिजा हासिल गरि आएको छ।

IMG_9700

 रोष्टममा मन्तव्य पेश गर्नुहुँदै  त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाली निर्देशक बाल मुकुन्द रेग्मी । तस्बिर - एस ए टि भी

कार्यक्रममा निर्देशक बाल मुकुन्द रेग्मीले त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको विकास प्रकृया र विकास अनुभव प्रस्तुत गर्दै विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटलाई समर्थन र सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ब्यक्त गरे। आगामि दिनमा सबै क्षेत्रहरूबाट बलियो समर्थन प्राप्त हुने आशा राखेको समेत रेग्मीले बताए ।

IMG_9843

वार्षिक उत्सवको अवसरमा शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नु हुँदै नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सिन ।तस्बिर - एस ए टि भी

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सिनले आफ्नो मन्तव्य मार्फत त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना भएदेखि नै यसले नेपाल र चीनबीच मित्रताको बन्धनको रूपमा सक्रिय भूमिका खेलेको र नेपाल-चिन सांस्कृति आदन प्रदानको एक महत्वपूर्ण मञ्च बनेको बताए।

IMG_9975

कार्यक्रममा दुई देशका विद्धार्थीहरूद्वारा परम्परागत  गीत र नृत्यहरू संयुक्त रूपमा प्रस्तुत गरिएको थियो ।तस्बिर - एस ए टि भी

IMG_9667

अतिथिलाई सत्कार गर्नु हुँदै दुई भाषाका निर्देशकहरु ।तस्बिर - एस ए टि भी

चिनियाँ भाषाको अध्ययनले चिनियाँ इतिहास र संस्कृतिको बुझाइ बढाउन सक्छ, जसले दुई देशका जनतामाझ एकअर्कालाई झनै राम्ररी चिन्न, सांस्कृतिक र सभ्य शक्तिको खोजलाई प्रवर्द्धन गर्न र मानवतावादलाई सुदृढ गर्न मद्दत गर्नेछ । साझा भविष्यको साथ समुदाय निर्माणको लागि आधार बन्नुका साथै कन्फ्युसियस इन्स्टिच्युटको स्थापनाले नेपाल-चीन सांस्कृतिक आदानप्रदान र आपसी सिकाइका सक्रिय प्रवर्द्धकहरूको निर्माण र विकासमा योगदान हुनेछ भने "बेल्ट एण्ड रोड इनिसीएटिभ"मा पनि योगदान पुग्नेछ । एस ए टि भिको क्यामरामा कैद अन्य तस्बिरहरू:

IMG_9924

IMG_9754

IMG_9872

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर