नेभिगेसन मेनु

नेपाल–चीन शैक्षिक सम्बन्ध, ७१ जनालाई छात्रवृत्ति वितरण
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-15 13:02

IMG_9472

विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुहुदै नेपालकालागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छन् सोङ। तस्बिर - एस ए टि भी 

काठमाडौँ, ३० श्रावण: शैछिक वर्ष २०२३-२४मा चीनले ७१ नेपाली विद्यार्थीलाई काठमाडौँको रेडीसनमा सोमबार आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरेको छ । चीनले ७१ नेपाली विद्यार्थीलाई काठमाडौँको रेडीसनमा सोमबार आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दिनुभएको तथ्याङ्क अनुसार विगत ७४ वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा ग्रहण गर्ने अवसर प्रदान गरेको छ ।

IMG_9514

“आज हामी यहाँ बसेर सन् २०२३ मा चीनमा अध्ययन गर्न जान लागेका नेपाली विद्यार्थीहरूलाई बिदा गर्दैछौँ”, यस वर्ष चीन सरकारको छात्रवृत्ति पाएर चीन जान लागेका नेपाली विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङले भन्नुभयो, “चीन सरकारको छात्रवृत्ति पाएका विद्यार्थीहरूले छात्रवृत्तिको सही उपयोग गरेर नेपाल–चीन सम्बन्धलाई थप गौरवमय बनाउनुहुनेछ, चीनमा पाएको शिक्षालाई स्वदेश फर्केर राष्ट्र निर्माण र चीन–नेपाल मैत्रीपूर्ण सम्बन्धको विकास गर्नेमा म विश्वस्त छु ।”

सो अवसरमा नेपालका लागि चिनियाँ दूतावासका तर्फबाट उहाँले छात्रवृत्तिमा चीन जाने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई हार्दिक बधाई व्यक्त गर्नुभएको थियो । उहाँले चीनमा रहँदा मूल्यवान् अवसरको सदुपयोग गरी विभिन्न प्रविधि सिक्न सकिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “निर्धक्क हुनुहोस् विद्यार्थीहरूले कुनै पनि समस्या नभोगी चीनको रमणीय दृश्य, कला, संस्कृति र विशेषगरी चिनियाँ जनताको मिलनसार स्वभावको अनुभव गर्न सक्नुहुनेछ ।”

IMG_9313

उक्त अवसरमा शिक्षा विज्ञान प्रविधिमन्त्री अशोक कुमार राईले नेपाल र चीनबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउँदै इन्जिनियरिङ, विज्ञान, चिकित्सा, भाषा तथा साहित्य क्षेत्र लगायतमा पाएका छात्रवृत्तिलाई सही सदुपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाल–चीन सम्बन्धलाई सम्बोधन गर्नुहुदै छात्रवृत्ति पाउनु भएको विद्यार्थीले दुई देशको सम्बन्धमा पुल निर्माण गर्ने कुरामा आफू विश्वस्त रहेको शिक्षा विज्ञान प्रविधिमन्त्री राईले बताउनुभयो।

IMG_9575

कार्यक्रममा शिक्षामन्त्री र चिनियाँ राजदूतद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै पूर्व विद्यार्थी मार्फत चीनमा जादा गर्न हुने र नहुने कुराहरु बारे पनि नयाँ विद्यार्थीलाई जानकारी गरिएको थियो। नेपालबाट वर्षेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन्। हिजो आज भने उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेको पाइन्छ ।

IMG_9384

नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्रा्ष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालय जाने गरेका छन् । निजी लगानीमा उच्च शिक्षा अध्ययनका साथै चीन सरकारबाट वर्षैनी सयौँ विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छन् । सन् १९५८ बाट नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको चीन सरकारले हालसम्म साढे छ हजार नेपालीलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गरिसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर