नेभिगेसन मेनु

दुई स्वर्ण विजेता राष्ट्रिय उसु खेलाडी निमा घर्ती मगरसँगको अन्तरवार्ता
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-07-24 19:07

2

अहिले  चीनको छेङदु शहरमा ३१ औं अन्तर्राष्ट्रिय ग्रीष्मकालीन विश्वविद्यालय खेलको धमाधम तयारी चलि रहेको छ। यो एक अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (FISU) अन्तर्गत पर्ने प्रतियोगिता हो। २०२१ को लागि निर्धारित गरिएको यो प्रतियोगिता विभिन्न बाधा अड्चनले स्थगित हुन गई २०२३ मा आएर आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा देश विदेशका हरेक विद्यार्थी खेलाडीहरुले भाग लिने गर्दछन ।

छेङदुको ३१ औँ ग्रीष्म कालीन विश्वविद्यालय खेलको अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धामा उसु खेलतर्फ निमा घर्ती मगर र उहाँका साथीहरूले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लीन जादै हुनुहुन्छ।

राष्ट्रिय स्तरमा पनि थुप्रै उपाधि जितिसक्नु भएको र अन्तराष्ट्रिय स्तरको खेल जगतमा पनि दुई चोटि स्वर्ण पदक भित्र्याउन सफल निमा घर्ती मगरले निकै नै प्रशंसनीय र उत्कृष्ट प्रदर्शनी दिई रहनु भएको छ।

१६ वर्ष उमेरमा नै १२ औं साउथ एशियन खेलमा पहिलो स्वर्ण पदक जित्न सफल हुनु भएको उसु खेलाडी निमा घर्ती मगरले लगत्तै १३औं साउथ एशियन खेलमा पनि झन् राम्रो अंकले नेपाललाई अर्को स्वर्ण दिलाउन सफल हुनु भएको थियो।

प्रस्तुत छ एस ए टी भीको संवाददाता रमिला गौतमले निमा घर्ती मगरसङ्ग लिनु भएको अन्तरर्वार्ता:

१)उसु राष्ट्रीयस्तरको खेल भएता पनि कतिपय आम जनतालाई यस बारे ज्ञान नहुन सक्छ। त्यसैले हाम्रो दर्षकब्रिनलाई उसु भनेको के हो बुझाईदिनुस न ? साथै तपाईंलाई यस खेल प्रति रुचि कहिलेबाट र कसरि आयो पनि भनिदिनुस् न।

निमा घर्ती मगर- उसु भनेको एउटा चीनबाट आएको गेम हो। सामान्यतया 'उ' भन्नाले मार्शल र 'सु' भनेकोचाहिँ आर्ट्स हो। समग्रमा भन्नुपर्दा यो एक प्रकारको मार्शलआर्ट्स गेम हो। यो गेम हार्ड किसिमको पनि हुन्छ भने सफ्ट पनि हुन्छ। फूल कन्ट्याक्ट गेम हो । सानो बच्चाहरु देखि बुढाहरुलेसम्म खेल्न मिल्ने गेम हो उसु। १४ वर्ष हुँदा सम्म म अरुनै खेलहरूमा सक्रिय थिए तर ललितपुरस्थित निन्जा उस्सु क्वानको प्रशिक्षक जो चाई मेरो पनि पहिलो प्रशिक्षक हुनुन्छ, उहाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिसक्नु भएको छ। हो उहाँलाइनै देखेर म यस खेलप्रति प्रेरित भएको थिए र मलाई दिदीहरुले पनि उक्साउन थाल्नु भयो । अन्तत मैले उसुलाइ आत्मरक्षाको रूपमा सिके अनि खेल्दै जादा मैले उसुमा नै राष्ट्रलाई केही योगदान पुग्ने प्रदर्शनी गर्नु पर्दछ भन्ने सोचेर नै अघाडी बढेको हुँ ।

२) सानै उमेरमा दुइटा स्वर्ण पदक जित्न सफल हुनुभएको निमाको आगामी लक्ष्य र योजना के कस्तो रहेका छन् त ? 

निमा घर्ती मगर- मैले २०१६ मा भारतको सिलोङमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा १६ वर्षको कलिलै उमेरमा स्वर्ण पदक जितेको थिए। मेरो पहिलो अन्तर्राष्ट्रिय खेलमानै मैले स्वर्ण जित्छु भन्ने कसैले सोचेको पनी थिएन। मेरो पहिलो स्वर्णमा मेरो गुरु, परिवार लगायत अन्य साथीभाईको साथ सहयोग बिना पूरा हुँदैन थियो त्यसरी नै अहिले पनि त्यस्तै सहयोग गर्दै जानु भएको छ। यतिबेला मेरो लक्ष्य भनेको आउँदो एशियन खेलमा उत्कृष्ट प्रदर्शनी गर्नु र उत्कृष्ट नतिजा हासिल गर्नु नै रहेको छ।

३) सर्वप्रथम त राष्ट्रिय सहयोग बिनानै राष्ट्रलाई प्रतिनिधित्व गर्दै चिनमा अन्तराष्ट्रीय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ जुन एकदमै प्रशंसनीय छ । राष्ट्रलाई नै प्रतिनिधित्व गर्दा पनि राष्ट्रबाट सहयोग नपाउदा कस्तो महसुस गरिरहनु भएको छ?

निमा घर्ती मगर- हाम्रो नेपालले खेलकुदलाई प्राथमिकता दिन सकेको छैन। एसियन गेम्समा त हेरिदिनु भयो तर अरू खेलहरु जस्तै वोर्ल्ड च्याम्पियनसिप, छेङदुमा हुन लागेको फेसु जस्ता खेलमा सहभागि हुँदा चाई आफ्नै लगानीमा सहभागी हुनु पर्ने हुन्छ र पछि सरकारलाई पहल गरेर बिल भुक्तानी गर्नु पर्ने हुन्छ जुन रुजु हुन्छ भन्ने निश्चित छैन। हामीले राष्ट्रिय खेलाडीको हैसियतले राष्ट्रकै नाम राख्न जादा पनि राष्ट्रले वास्ता, सहयोग नगर्दा दुःख लाग्छ तसर्थ एस ए टी भी मार्फत उसु खेलको स्तरुन्नातिमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।

४) चिनको छेङ्दु सहरमा हुन गैरहेको ३१ औं अन्तर्राष्ट्रिय ग्रीष्मकालीन विश्वविद्यालय खेल कस्तो किसिमको खेल हो र यसको बारेमा तपाईंले कहाँ बाट र कसरी जानकारी प्राप्त गर्नु भयो ? हाम्रो दर्शकलाई बताई दिनुहोस् न। साथै नेपालबाट कति जना र कुन कुन खेलको लागि  सहभागी हुनुहनेछ?

निमा घर्ती मगर- फिसुकोलागी चिन यात्रा यो मेरो पहिलो पटक हुनेछ। फिसुबारे मैले आफ्नो सिनियरहरु बाट थाहा पाएको हुँ। यस अघि पनि मेरा सिनियर दाई दिदीहरू फिसुमा सहभागी हुनु भएको थियो। त्यतिबेला मेरो उमेर सानो भएर सहभागिता जनाउन पाएको थिईन तर अहिले मेरो उमेर पनि पुगेको छ र म एक विश्वविद्यालयको छात्रा पनि हुँ। तसर्थ खेलको सबै मापदण्ड पुरा गरेर सहभागिता जनाउँदै छु ।

५) अन्तर्राष्ट्रिय ग्रीष्मकालीन विश्वविद्यालय खेलमा नेपालबाट कति जना खेलाडी कुन कुन खेलको लागि चीन जानुहुदै छ त ? संसारका विभिन्न कुनाबाट खेलाडीहरू सहभागी हुनेगर्दछन। के तपाईं ती विश्वव्यापी खेलाडीहरू सँगको प्रतिस्पर्धाको लागि तयार हुनुहुन्छ त ?

निमा घर्ती मगर-  हामी १८ जनाको टोलीले यस फिसु विश्वविद्यालय खेलकुदमा सहभागी हुँदै छौं। उसु, तेक्वान्दो, कराँते, ब्याडमिन्टन, टेबलटेनिस र विभिन्न खेलको हामी १८ खेलाडी सहभागी हुँदै छौं। पक्कै पनि, म यस प्रतिस्पर्धाको लागि निक्कै तयार छु। यही समयको लागि हामीले यति मेहेनत गरेका छौं त्यसैले तयारी अवस्थामा छौं। साथै हामीले तयारी गरिरहेको एसियन गेम्सको लागि पनि सहज हुने हामीले विश्वास लिएका छौं ।

हस् त निमा जी हजुरलाई जितको अग्रिम शुभकमना। यस पटक पनि विजयी हुनुहुन्छ भन्ने हामीले आशा गरेका छौं। व्यस्त प्रशिक्षण तालिका भएता पनि समय मिलाएर कार्यक्रममा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर