नेपालका लागी चिनियाँ राजदूत महामहिम छन सोङसँग सामूहिक तस्बिर खिचाउनु हुँदै चिनियाँ सेनाका कर्णेल लगायत अन्य चिनियाँ पदाधिकारीहरु। तस्बिर - विशाल श्रेष्ठ/एस् ए टि भी
नेपालस्थित चिनियाँ दूतावासले २९ तारिखमा चिनियाँ जनमुक्ति सेना स्थापनाको ९६औँ वार्षिकोत्सवको उपलक्ष्यमा रिसेप्सन समारोहको आयोजना गरेको छ। रिसेप्सन समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाली सेना, कूटनीतिक विशेषज्ञ, नेपालका विभिन्न क्षेत्रका जनप्रतिनिधि, नेपालमा रहेका चिनियाँ प्रतिनिधि लगायत करिब ५०० जनाको सहभागिता रहेको थियो ।
नेपालस्थित चिनियाँ दूतावासका रक्षा सहचारी वरिष्ठ कर्नेल लु गुओझेङले आफ्नो मन्तव्यमा विगत ९६ वर्षको चिनियाँ जनमुक्ति सेनाको गौरवशाली इतिहासको समीक्षा गर्दै चिनियाँ जनमुक्ति सेना सी जिनपिङको विचारबाट निर्देशित भएको बताउनु भयो। चिनियाँ कम्युनिष्ट पार्टीको सुदृढ नेतृत्वमा सेनालाई बलियो बनाउने शताब्दी पुरानो लक्ष्यका साथै विश्व शान्तिको रक्षाका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाली सेनासँग मिलेर मैत्रीपूर्ण र सहयोगात्मक भावनालाई निरन्तर गहिराइमा राख्ने इच्छा व्यक्त गर्नुभयो ।
चिनियाँ राजदूत महामहिम छन सोङले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टी केन्द्रीय समिति, केन्द्रीय सैन्य आयोग र अध्यक्ष सी जिनपिङको बलियो नेतृत्वमा जनसेनाले सेनालाई बलियो बनाउने उद्देश्यले नयाँ अवस्था सिर्जना गरेको बताउनुभयो।
राष्ट्राध्यक्ष सी जिनपिङको विश्व शान्ति, विकास र मानव प्रगतिको प्रवर्द्धनका लागि चिनियाँ समाधानहरू उपलब्ध गराउने तीन प्रमुख विश्वव्यापी पहलहरू, "ग्लोबल सेक्युरिटी इनिसिएटिभ", "ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ" र "ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ" अघि बढाउनु भएको हो। दुई देशका नेताहरूले गरेको महत्वपूर्ण सहमतिलाई सक्रिय रूपमा कार्यान्वयन गर्न र थप नतिजा हासिल गर्न द्विपक्षीय सैन्य आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको मन्तव्यमार्फत सोङले जानकारी गराउनु भयो।
रिसेप्सनमा ‘We are always here waiting for orders’ शीर्षकको अंग्रेजी प्रमोशनल भिडियो पनि देखाइयो । लामो समयदेखि चिनियाँ सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना, समुद्री सुरक्षा, महामारी विरुद्धको सहयोग, मानवीय उद्धार र अन्य कार्यहरूमा सक्रिय सहभागी भएको देखाउँदै "चिनियाँ सेना विश्व शान्ति कायम राख्न सधैं कट्टर शक्ति भएको दर्शाउँने प्रमोशनल भिडियो सार्वजनिक गरिएको थियो। रिसेप्सनमा सहभागीहरूले विगतका वर्षहरूमा राष्ट्रिय रक्षा र सैन्य विकासमा चीनले हासिल गरेको ठूलो उपलब्धिको लागि बधाई दिनुका साथै विश्व शान्ति, स्थिरता र समृद्धि कायम राख्न चिनियाँ सेनाको योगदानको प्रशंसा गर्नुभयो। एस् ए टि भी को क्यामरामा कैद रिसेप्सनका अन्य तस्बिरहरू :