नेभिगेसन मेनु

पूर्वप्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2023-07-25 16:44

Unti

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

एमाले पार्टी कार्यालय च्यासलमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमाले पार्टी कार्यालयले जनाएको छ । 

तीन दिनको नेपाल भ्रमणका लागि आइतबार यहाँ आइपुग्नुभएका पोलिटब्युरो सदस्य युआन नेतृत्वको प्रतिनिधिमण्डलले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर