नेभिगेसन मेनु

फिसु खेल प्रतियोगिताको लागि राष्ट्रिय खेलाडीहरू चीन प्रस्थान
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-07-27 17:49

6

प्रस्थान गर्नु अघि सामूहिक तस्बिर खिचाउँदै राष्ट्रिय टोलीका खेलाडीहरू। तस्बिर - एस ए टी भी

चीनको छेङ्दु शहरमा हुन गइरहेको ३१ औं  फिसु अन्तराष्ट्रिय विश्वविद्यालय खेल प्रतियोगिताको लागि राष्ट्रिय खेलाडीहरू बिहीबार चीन प्रस्थान गरेका छन्।  प्रतियोगिताको लागि ५ जना अधिकारीहरू सहित  विभिन्न खेलका गरी १८ जना राष्ट्रिय खेलाडीको टोली चीन जान लागेको हो।

भोलि जुलाई २८ देखि सुरुहुने अन्तराष्ट्रिय विश्वविद्यालय खेल अगष्टको ५ तारिक सम्म खेलिनेछ । प्रत्येक २ वर्षमा १ पटक हुने गरेको फिसु अन्तराष्ट्रिय विश्वविद्यालय खेल प्रतियोगिता २०१५ मा कोरियामा भएको थियो त्यसैगरि २०१७ मा ताइवान, २०१९ मा इटाली र २०२१ मा छेङदुमा हुने भनिएको थियो जुन पछि स्थगित भएर २०२३ मा हुने भएको हो भने २०२५ मा जर्मनीमा हुनेछ।

122

उसु विधामा प्रतिस्पर्धा गर्न जानुहुने चार खेलाडी । विजय सिन्जाल, निमा घर्ती मगर, जुनु स्याङबो, पासाङ शेर्पा क्रमश। तस्बिर - एस ए टी भी

मिनी ओलम्पिक पनि भन्ने गरिएको अन्तराष्ट्रिय विश्वविद्यालय खेलमा ३७ वटा खेल समावेश गरिएको छ जसमध्य नेपालले व्याटमिनटन, उसु, टैकवनदो, फेन्सिङ, टेबल टेनिस, एथलेटिक्स जस्ता अन्य खेल गरी जम्मा २३ खेलमा सहभागिता जनाउने भएको छ। ९ दिने खेलका लागि जम्मा ५ अधिकारी सहित १८ खेलाडीहरू चीन प्रस्थान गरेका हुन्।

3

प्रत्यायोजन प्रमुख महासचिव श्री पूर्ण सिंह बोहोरा ज्यू वार्ताका कारण हिजै चीन प्रस्थान गरिसक्नु भएको छ।  साथै दुई फेन्सिङ खेलाडी पनि उहाँसँगै चीन गइसकेका राष्ट्रिय खेलकुद परिषद्का अधिकारी अशोक श्रेष्ठले जानकारी गराएका छन्।

4

"नेपाली इज्जतको लागि नेपाल उसु महासंघको खेलाडीले मेडल ल्याउनु भनेको गौरवको विषय हो। थप, आफ्नै पैसा र मेहेनत खर्च गरेर जसरी उसु ट्रेनिङ्ग गरिरहनु भएको छ, त्यो सबैको उपलब्धि गोल्ड मेडलकै लागि भएकाले यस खेलमा गोल्ड मेडल प्राप्त गरेर देशको इज्जत राख्नु हुन्छ भन्ने हामीले विश्वास लिएका छाैँ" उसु महासंगको अधक्ष्य वीर बहादुर तामाङले जनाउनु भयो।

"आज हामीलाई सर सम्मान र सहयोगका साथ बिदा गर्न यहाँ उपस्थित हुनुभएकोमा एस ए टी भी परिवार, नेपाल ओभरसिज चाइनिज एसोसिएसन र चिनियाँ विधुतिए सवारी सोरुम जेयालका प्रबन्धकज्युलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु" उसु विधामा दुई स्वर्ण विजेता निमा घर्ती मगरले आभार प्रकट गरेकी छिन्।

" मेरो देशकोलागि स्वर्ण जित्न पुरा प्रयास गर्ने छु। स्वर्ण नजिते पनि नेशनल रेकर्ड तोड्छू भन्ने आफूमा भरोशा बोकेर जाँदै छु " फेन्सिङ खेलाडी अक्षत शेरचनले विश्वास देखाए । 

3

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर