नेभिगेसन मेनु

नेपालमा पहिलो पटक दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक मेला
सम्पादक:南亚网络电视
समय:2023-08-15 16:01

IMG_9596

सोमबार दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित आयोजक र वेवस्थापन समूह। तस्बिर - एस ए टि भी

काठमाडौं, श्रावण ३०: नेपालको भृकुटीमण्डपमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक मेला २०२३ हुने भएको छ । नेपालमा पछिल्लो पाँच वर्षयता पहिलो पटक अन्तर्राष्ट्रिय पुस्तक मेला हुन लागेको हो । कार्यक्रम नोभेम्बर २१ तारिख देखि २५ तारिख, पाँच दिनसम्म चल्ने छ भने मेलाकोलागि १०० दिन बाँकी रहेको छ।  "एशियाली संस्कृति र साहित्यको आकर्षणको खोज" भन्ने मेलाको मूल नारा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ।

IMG_9623

मेलामा १ सय राष्ट्रिय स्टल, चीनका ३५ प्रकाशक र अन्य ४५ देशका गरि कूल १८० स्टल रहनेछन् । सोमबार आयोजित एक पत्रकार सम्मेलनका अनुसार मेला पाँच दिनसम्म चल्ने छ । पुस्तक मेलामा दैनिक ३ लाख ५० हजार भाडामा खर्च हुने अनुमान गरिएको छ भने मेला सकिदासम्म करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको सहकार्य त्यसैगरि चाइना इन्टरनेशनल बुक ट्रेडिङ कर्पोरेसन लि. र करेन्ट पब्लिकेसन प्रालिको सहयोगमा मेला आयोजना हुने भएको छ । आम पाठक, प्रकाशक र लेखक सबैलाई एक अर्कासँग सहज सहकार्यका लागि एकै ठाउँमा ल्याउँने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

IMG_9594

लक्षित समूहमा किन्डरगार्डन देखि मास्टर्ससम्म सबै प्रकारका पाठकहरू समावेश रहेका छन्। आयोजक समुहले काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाका सबै प्रकारका विद्यार्थीलाई भेला गरी राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरका पुस्तकको खोजी भृकुटीमण्डपमा गराउने लक्ष्य लिएको पत्रकार सम्मेलन मार्फत जानकारि गराएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर