नेभिगेसन मेनु

गाउँमै पाठेघरको उपचार
सम्पादक:南亚网络电视
समय:2023-06-28 12:42

Untitled-1 (2)

घोराही, असार १३ गते । बगलाचुली गाउँपालिका–८, गोठीवन निवासी भुमा नेपाली गाउँमा प्रजनन स्वास्थ्यसम्बन्धी स्वास्थ्य परामर्शसहित उपचार पाउँदा खुसी हुनुहुन्छ। भौगोलिक विकटताका कारण पाठेघरसँगै हातखुट्टा दुख्ने रोगबाट पीडित भुमा उपचारका लागि बजार आउन सक्नुभएको थिएन तर ग्रामीण महिला स्वास्थ्य सेवा तथा सचेतना केन्द्रको आयोजना, नेपाल परिवार नियोजन सङ्घ दाङको सहआयोजना र नेपाल टेलिकमको सहयोगमा विकट बस्तीमा पाठेघरको मुखको क्यान्सर जाँचबाट उहाँले उपचार पाउनुभएको हो। 

“सामान्य उपचारका लागि गाउँमा उपचारको व्यवस्था छैन,” उहाँले भन्नुभयो, “सामान्य उपचारका लागि हाँसीपुर स्वास्थ्यचौकी जानुपर्ने हुन्छ, त्यो पनि धेरै टाढा छ। रोग पालेर बस्नुपर्ने बाध्यताका बिचमा पनि शिविरबाट आफूले सेवा पाउँदा खुसी लागेको बताउनुभयो।” उहाँ मात्रै होइन बगलाचुली–३ निवासी उमा गाहामगर पनि गाउँमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा पाउँदा खुसी हुनुहुन्छ। गाउँमा रहेको स्वास्थ्य केन्द्रमा सामान्य उपचार सेवा पाउने गरे पनि पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवाका लागि घोराही आउनुपर्ने बाध्यता थियो। घरको काम र आर्थिक अभावका कारण लामो समयदेखि रोगको समस्या भए पनि उहाँहरू स्वास्थ्य संस्थामा जान सक्नुभएको थिएन। करिब एक घण्टा हिँडेर शिविरमा आउनुभएकी उमालाई स्वास्थ्य घरनजिकै परीक्षण गराउँदा समस्या समाधान हुने विश्वास पलाएको छ। 

‘पाठेघरमा समस्या छ, घरमा कसलाई भन्ने ? आफूसँग पैसा न हुन्छ, न उपचारका लागि नजिकमा अस्पताल छ। समस्या भए पनि नभनेरै सहेर बसेको छु,” उहाँले भन्नुभयो। 

भुमा र उमा जस्तै अन्य महिला पनि समयमै उपचार नपाउँदा रोग पालेर बस्नुपर्ने बाध्यता रहेको बताउँछन्। सो शिविरमा दुई सयभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरसँगै अन्य रोगको जाँच गरिएको थियो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर