नेभिगेसन मेनु

संरक्षणमा अब्बल छन् स्थानीय सामुदायिक वन
सम्पादक:南亚网络电视
समय:2023-06-05 15:27

ban-pice

जिल्लामा बर्सेनि हजारौँ बिरुवा रोपिए पनि संरक्षण भएको देखिँदैन । डिभिजन वन कार्यालयसँग वार्षिक रूपमा वितरण गरिएको बिरुवाको तथ्याङ्क छ । तर संरक्षण गरिएको बिरुवाको तथ्याङ्क भने छैन । यद्यपि वन संरक्षणमा सामुदायिक वन अब्बल रहेको भनाइ वनकर्मीको छ । 

डिभिजन वन कार्यालयले बिरुवा उत्पादन, रोपण, तारबारका लागि वार्षिक एक करोडभन्दा बढी रकम खर्चिदैआएको छ । जिल्लाका कतिपय सामुदायिक वनहरू रोपणमा मात्रै होइन रोपण गरिएको बिरुवा संरक्षणमा पनि त्यतिकै अब्बल छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मनिकापुरमा रहेको शुभकोटी डाँडामा २०५० साल पूर्व ठुलो मेला लाग्ने गर्थ्यो । त्यही मेला लाग्ने डाँडामा अहिले घनाजंगल रहेको छ । 

सामुदायिक वनका पूर्व अध्यक्ष ज्वाला पौडेलले वनमा हर्रो, बर्रो, अमला, खयर, आँप, टिक, काइयोलगायतका बिरुवा रहेको बताउनुभयो । सात हेक्टर क्षेत्रफलमा रहेको  शुभकोटी सामुदायिक वन स्थानीयले वन कार्यालयमा दर्तागरी काठ, दाउरा, घाँस उपभोग गर्दैआएका छन् । 

तुलसीपुर उपमहानगरपालिका –१९ मा रहेको पकर्रे सामुदायिक वनमा हालसम्म पाँच हजार बढी बिरुवा रोपण गरिएको छ । सामुदायिक वनका अध्यक्ष मुरलीधर केसीले रोपण गरिएकामध्ये चार हजार बढी बिरुवा घाँस, फल, काठ, दाउरा उपभोग्य गर्ने अवस्थामा रहेको बताउनुभयो ।  उहाँले सामुदायिक वन दर्ता पूर्व खालीक्षेत्र करिब ८ हेक्टर रहेकोमा हाल बिरुवा रोपण अब भने एक हेक्टर मात्रै खाली रहेको बताउनुभयो । 

डाँडामा मात्रै होइन तुलसीपुर नयाँ बसपार्कदेखि दक्षिणतर्फको पातु खोलाबगरमा समेत स्थानीयहरूले वृक्षारोपण गरी वन तयार पारेका छन् । पर्यावरणकर्मी डिल्लीबहादुर रावत खालीक्षेत्र र सामुदायिक वनमा बिरुवा रोपण बढ्दैजाँदा खानेपानीको मुहानहरू सुरक्षित हुँदैगएको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर