नेभिगेसन मेनु

अवैध भित्रिएका भारतीय गुणस्तरहीन खाने तेल बजारमा छ्यापछ्याप्ती
सम्पादक:南亚网络电视
समय:2023-06-02 14:19

aedhwfg

नेपालगन्ज, जेठ १९ गते । बाँकेको सहरी तथा ग्रामीण क्षेत्रका बजारमा भारतबाट अवैध रूपमा भित्रिएका खाने तेल बिक्रीका लागि खुला रूपमा राख्ने गरिएको पाइएको छ । सीमापारिबाट भारतीय ब्रान्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर, बैल कोलु, सनमुन, फरच्युन, तड्का लगायतका खाने तेल खुलेआम नेपालमा भित्रिने गरेको पाइएको छ । 

बाँकेमा घरायसी रूपमा मात्रै नभई व्यावसायिक रूपमा बिक्री गर्न पनि त्यस्तो गुणस्तरहीन खाने तेल भारतबाट ल्याइने गरेको स्थानीय व्यवसायीको गुनासो छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले नेपालको खाने तेलभन्दा भारतीय तेल सस्तो पर्ने भएकोले अधिकांशले उतैबाट ल्याउने गर्दा नेपाली तेलको बिक्री घटेको बताउनुभयो ।    उहाँले सस्तोको नाममा अवैध रूपमा ल्याउने गरिएको तेल गुणस्तरहीन हुने गरेकोले त्यसबाट स्वास्थ्यमा प्रतिकूल असर परिरहेको कुरा नेपाली उपभोक्तालाई बुझाउन आवश्यक भएको बताउनुभयो ।   

सङ्घका महासचिव ओलीले नाकामा चेकजाँच गर्ने सुरक्षा निकाय र बजारमा अनुगमन गर्ने सम्बन्धित निकायको बेवास्ता र लापरबाहीका कारण बजारमा अखाद्य तेल पाइने गरेको गुनासो गर्नुभयो ।   

स्थानीय व्यवसायीहरूले नाकामा कडाइ गर्न पटक पटक सुरक्षा निकायसँग आग्रह गरिए पनि धेरै बस्तुको अवैध आयात नरोकिएको गुनासो गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले भारतबाट अखाद्य तेल भित्रिन नदिनु भनी पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको बताउनुभयो ।   

उहाँले निरन्तर अनुगमन नहुनु र अवैध सामान राख्नेलाई कडा कारबाही नहुनुले नै यस्तो अखाद्य तेल लगायतका वस्तुहरू खाने बाध्यता रहेको बताउनुभयो । यसैबिच गुणस्तरहीन तेल अवैध रूपमा निरन्तर भित्रिँदा नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेको गुनासो गर्दै स्थानीय व्यवसायीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।   

नेपालकै अग्रणी खाद्य उद्योग केलएल दुगड समूह नेपालगन्जका प्रबन्धक प्रदीप कुमार छाजेडले गुणस्तरहीन तोरीको तेल अवैध तरिकाले भित्र्याएर बिक्री वितरण भइरहेकोले नेपाली उद्योगहरू अति नै प्रभावित भएको जनाउँदै अवैध आयात रोक्न सरकारसँग आग्रह गरिएको बताउनुभयो । 

उहाँले उपभोक्ताले मूल्य मात्रै हेरिरहेको जनाउँदै गुणस्तरहीन तेलले स्वास्थ्यमा पार्ने गम्भीर असर बारे कुनै ध्यान नदिने गरेको पाइएकोले त्यसतर्फ सरकार नै गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर