नेभिगेसन मेनु

अत्यधिक गर्मीले जनजीवन कष्टकर
सम्पादक:南亚网络电视
समय:2023-06-07 13:26

Untitled-1 (14)

तराई क्षेत्रमा अत्यधिक गर्मी बढेपछि जनजीवन कष्टकर बनेको छ। लुम्बिनी प्रदेशका बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ र बर्दियामा गर्मीले जनजीवन प्रभावित भएको छ।

अन्तर्राष्ट्रिय जगत्मा विश्वसनीय मानिने एक्यु वेदर नामक वेबसाइटका अनुसार लुम्बिनी प्रदेशमा बाँके जिल्लाको तामव्रmम सबैभन्दा बढी दैनिक ४१ देखि ४४ डिग्री सेन्टिग्रेडसम्म पुग्ने गरेको छ भने रुपन्देहीको भैरहवामा पनि ४० देखि ४३ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान शाखाले पनि अझै केही दिन तराईमा गर्मी नघट्ने जनाएको छ। तराईका जिल्लामा गर्मी बढेसँगै जनजीवन कष्टकर बन्ने गरेको छ। अत्यधिक गर्मीका कारण तातो हावा (लु) चलेर मानिसह बिरामी पर्ने गरेका छन्। 

मानिस दिउँसो घरबाट कम निस्कने गरेका छन् भने जरुरी काममा पनि सवारीसाधनको प्रयोग गर्नेको सङ्ख्या निकै बढेको छ। गर्मीका कारण बाँकेको नेपालगन्ज बजार दिउँसो सुनसान देखिन थालेको छ। नेपालगन्ज उपमहानगरपालिकाले जेठ २७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको उपसचिव गोर्खबहादुर थापाले जानकारी दिनुभयो।

गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत् आपूर्तिसमेत अनियमित हुने र भोल्टेज कम आउँदा नेपालगन्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको उनीहरूको गुनासो छ।

नेपालगन्जस्थित भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले गर्मीका कारण ज्वरो, झाडापखाला, टाउको दुख्ने, शरीर चिलाउने जस्ता समस्या लिएर ठुलो सङ्ख्यामा बिरामी अस्पताल आउने गरेको बताउनुभयो। गर्मीका बेला खानपानमा ख्याल गर्नुपर्ने उहाँको सुझाव छ।

अत्यधिक गर्मी बढेपछि रुपन्देहीमा पनि आगामी असार ४ गतेसम्मका लागि विद्यालयमा गर्मी बिदा दिइएको तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले जानकारी दिनुभयो। तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको छ। गर्मीले सबैभन्दा बढी विद्यालय पढ्ने बालबालिका, वृद्ध र दिनभरि काम गरेर खाने मजदुरलाई प्रभावित पारेको छ। बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडकमा आवागमन निकै पातलिएको छ। दिउँसो कडा घाम रहेकाले सकभर घरबाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामा बाहुला भएको कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकले सुझाव दिएका छन्। 

वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले शरीर पूरै ढाकिने कपडा लगाएर हिँडेमा छालाजन्य रोगबाट बच्न सकिने बताउनुभयो। गर्मीका कारण भीम अस्पताल भैरहवामा आउने बिरामीको चाप पनि बढ्दै गएको छ। सामान्य अवस्थामा दैनिक १५० देखि दुई सयसम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर