नेभिगेसन मेनु

राजापानी वनमा गिद्ध आहार केन्द्र बन्ने
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:06

0

कपिलबस्तु, असार ५ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिका -३ राजापानी सामुदायिक वनमा गिद्ध आहार केन्द्र बनाउने तयारी भएको छ । सामुदायिक वनले स्थानीय सरकार, सङ्घ संस्थाको सहयोगमा आहार केन्द्र सञ्चालन गर्ने तयारी गरेको वनका अध्यक्ष सिता देवी पौडेलले बताउनुभयो । नेपालमै सबैभन्दा धेरै गिद्धको गुँड भएको क्षेत्रमा गिद्धलाई सुरक्षित आहारा खुवाउनको लागि केन्द्र स्थापना गर्न लागिएको बताइएको छ ।

राजापानी वन गिद्ध संरक्षणको क्षेत्रमा देशकै नमुना रहेको हुँदा आहार केन्द्र सञ्चालनमा नगरपालिकाले लगानी गर्ने बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । गाई गोरु बुढो र रोगी भएपछि सडकमा छाडिदिने प्रचलन भएको हुँदा छाडा चौपायाको सङ्ख्या कम हुने अर्यालको भनाइ छ । आहार केन्द्र सञ्चालनका लागि पहिलो वर्ष ३५ लाख बढी लगानी हुने बताइएको छ।

सामुदायिक वनले नगरपालिका आसपासका बस्तीमा मृत्यु भएका पशु चौपायाको शवलाई वन क्षेत्रमा ल्याएर आहारा खुवाउँदै आएको थियो । वन क्षेत्रमा आहारा पाउन लागेपछि गिद्धले गुँड लगाउन सुरु गरेको थियो । वनले बुढो, कमजोर र रोगी भएका चौपया पालेर र मृत्युपछि गिद्धलाई आहाराको रूपमा खुवाउने गरी आहार केन्द्र सञ्चालन गर्ने योजना रहेको वनका पूर्व अध्यक्ष ढाकाराम अधिकारीले बताउनुभयो ।

वनले सन् २००९ बाट नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) सहकार्य गर्दै गिद्ध संरक्षण गर्दै आएको छ । आहार केन्द्र निर्माणको लागि विसिएनले प्राविधिक सहयोग कार्यक्रम अधिकृत भूपाल नेपालीले बताउनुभयो ।

राजापानीमा सन् २०२२ मा लिएको गणना अनुसार ११३ गिद्धका गुँड छन् । गिद्धले वर्षमा एउटा मात्र अण्डा दिने गर्छ । चैत महिनामा गुँडबाट ८४ गिद्धको बच्चा निस्किएका थिए । यहाँ लोपोन्मुख प्रजातिको डङ्गर गिद्ध र सानो खैरे गिद्धले वासस्थान बनाउँदै आएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर