नेभिगेसन मेनु

सन्तभक्त दर्शन मेलाको आय ५८ लाख रुपियाँ
सम्पादक:南亚网络电视
समय:2023-06-10 17:48

News-Edting-.00_03_27_10.Still007

तम्घास, जेठ २७ गते । गुल्मीको रेसुङगामा गत वैशाख २३ गतेदेखि ३१ गतेसम्म चलेको विराट सन्तभक्त दर्शन मेलाबाट साढे ५८ लाख रुपियाँ सङ्कलन भएको छ । रेसुङ्गा संरक्षण समिति गुल्मीको आयोजनामा रेसुङगामा नौ दिनसम्म चलेको मेलाबाट सो आम्दानी भएको हो । 

सो अवसरमा श्रीराम महायज्ञ, श्रीराम कथा वाचन महोत्सव एवम् विराट सन्तभक्त दर्शन मेलाबाट ५८ लाख, ४७ हजार ८९५ रुपियाँ आय भएकोमा विभिन्न शीर्षकमा ३५ लाख ७१ हजार ४५० खर्चगरी कूल २२ लाख ७६ हजार ४९५ रुपियाँ बचत भएको कोषाध्यक्ष नेत्रबहादुर बस्नेतले जानकारी दिनुभयो । 

समितिले शनिबार आयव्यय विवरण सार्वजनिक गर्दै भारतबाट आएका साधुसन्तका लागि नौ लाख ४६ हजार ९७१ रुपियाँ खर्च भएको जनाएको छ । यो सँगै स्थानीय पण्डित, कन्या दक्षिणामा ९६ हजार ४११ गरी कूल १० लाख ४३ हजार ३८२  रुपियाँ खर्च भएको उल्लेख गरिएको छ ।

बचत भएको २२ लाख रुपियाँबाट रेसुङगामा वेद विद्या आश्रम खोल्ने, गौशालालाई व्यवस्थित गर्ने र रेसुङ्गाको विकासका निम्ति खर्च गरिने संरक्षण समितिका सहसचिव यज्ञप्रसाद पन्थीले जानकारी दिनुभयो ।

सार्वजनिक तथा समीक्षा कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले रेसुङ्गाको विकासका लागि आफू सदैव तयार रहेको बताउनुभयो । कार्यक्रममा दर्शन मेलामा सहयोग गर्नेलाई सम्मानित गरिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर