नेभिगेसन मेनु

लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण
सम्पादक:南亚网络电视
समय:2023-06-12 14:14

Lagu-aausadh-parichhan

भैरहवा, जेठ २९ गते । रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरुलाई सडकमै परीक्षण सुरु गरेको हो ।

चालक नै लागूऔषध सेवन गरेको भन्ने जनगुनासो बढेपछि लागूऔषध सेवनकर्ता चालकको चेकजाँच तथा परीक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकारराज पन्तले बताउनुभयो ।

सिमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागूऔषध नियन्त्रण ब्यूरोको सहकार्यमा चालकहरुले लागूऔषध सेवन (लापसे) गरे नगरेको परीक्षण गरिएको हो ।

पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट)मार्फत चालकले विभिन्न ६ प्रकारको लागूऔषध सेव गरे नगरेको परीक्षण भएको जिल्ला ट्राफिक प्रमुख पन्तले बताउनुभयो ।

“प्रहरी सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत नै सिमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरुको चालकको परीक्षण गरेका छौ, आकस्मिक रुपमा बेला बेलामा विभिन्न ठाउँमा यो परीक्षण गर्ने गरेका छौं,” उहाँले भन्नुभयो, “जनगुनासो बढेपछि डण्डा खोला नजिकै संयुक्त टिमले परीक्षण गरेको हो ।”

पन्तले बेलहियातर्फबाट आउने अधिकांश चालकहरुको परीक्षण गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही शंकास्पद देखिएपछि किटमार्फत परीक्षण गरिएको छ,” उहाँले भन्नुभयो ।

ट्राफिक प्रमुख पन्तले परीक्षण गरिएका ११ जनामध्ये तीन जनाले लागूऔषध सेवन गरेको पाइएको जानकारी दिनुभयो ।

विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ । प्रहरीका अनुसार अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारवाही हुने छ ।

ट्राफिक प्रहरीले अहिले परीक्षण गर्ने किटले ६ प्रकारको लागूऔषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाँजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागु औषध प्रयोग गरेको छ भनी किटमार्फत “अन द स्पट” चेक हुने छ । ट्राफिक कार्यालयले किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसकेपनि बेला बेलामामा भएको सिमित किट मार्फत छड्के परीक्षण गर्ने गरेको जानकारी दिएको छ ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागूऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागूऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिएको छ । एक साता अघि पनि रुपन्देहीबाट चेकजाँचकै क्रममा तीन जना चालकले लागूऔषध सेवन गरी सवारीसाधन चलाएको पाएपछि कारवाही गरेको थियो । कारवाहीमा पर्ने डरले सिमा क्षेत्रबाट चल्ने सवारीसाधनका चालकहरु सचेत हुँदै गएपनि पूर्णरुपमा रोक्न सकिएको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर