नेभिगेसन मेनु

तनावग्रस्त विराटनगर, प्रदर्शनकारी र प्रहरीबीच झडप
सम्पादक:南亚网络电视
समय:2023-05-28 18:09

कोसी प्रदेश नाम खारेज गर्दै पुन नामकरण गर्न प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप सुरु भएको छ।

आइतबार सुरु हुने कोसी प्रदेश सभाको बजेट अधिवेशनका क्रममा प्रदेश सभा भवन घेराउ गर्न पुगेका पहिचानवादी प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको हो।

0

प्रदर्शनका क्रममा हिंसात्मक घटना हुन सक्ने भन्दै प्रशासनले शनिबारदेखि नै विराटनगरमा निश्चित स्थानहरूमा निषेधाज्ञा जारी गरेको थियो। तर, आज बिहानैदेखि निषेधाज्ञा तोडेको भन्दै प्रहरीले ३० जनाभन्दा बढी प्रदर्शनकारी नियन्त्रणमा लिएको छ।

प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयअगाडिबाट नाराबाजी सुरु गर्दै प्रदेश सभा भवन रहेको देवकोटा चौकमा पुगेका थिए। प्रदेश सभा भवनवरपर प्रहरीले ब्यारिकेट लगाएर सुरक्षा व्यवस्था कडा बनाएको थियो।

आक्रोशित पहिचानवादीहरूले ब्यारिकेट तोडेर प्रदेश सभा भवनअगाडि जान खोजेपछि प्रहरी र उनीहरूबीच झडप सुरु भएको हो। अहिले विराटनगरको देवकोटाचौकको अवस्था तनावपूर्ण छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर