नेभिगेसन मेनु

विद्यालयमा थरी थरीका खाजा
सम्पादक:南亚网络电视
समय:2023-05-27 12:38

Untitled-1-Recovered (1)

बिहानै विद्यालय पठाइसकेपछि छोरी सरस्वती महतोले खाजामा के खान्छिन् भन्ने चिन्ताले अचेल रामदयाल महतोलाई सताउन छोडेको छ । विद्यालयबाट फर्केपछि त्यहाँ खाएको खाजाबारे प्रफुल्ल मुद्रामा छोरीबाट जानकारी पाउने दिनचर्या बनेको छ महतो दम्पतीको । 

राजदेवी आधारभूत विद्यालय लहान–१८ भदैयामा कक्षा ४ मा अध्ययनरत सरस्वती महतोका अभिभावक मात्र होइन, लहान नगरपालिका क्षेत्रका ५९ वटा आधारभूत विद्यालय र १२ वटा धार्मिक विद्यालय (मदरसा) का ११ हजार १७६ विद्यार्थीका अभिभावक अचेल विद्यालय अवधिमा आफ्ना छोराछोरी भोका हुन्छन् भन्ने चिन्ताबाट मुक्त छन् । बितेका वर्षमा सङ्घीय अनुदानबाट आधारभूत विद्यालयका लागि प्राप्त हुने विद्यार्थीको खाजा भत्तामा अनियमितता हुने गरेको गुनासो आएपछि लहान नगरपालिकाले शिक्षा शाखामार्फत शैक्षिक सत्र २०७९ देखि प्रत्येक विद्यालयमा खाजा खुवाउन कडाइ गरेसँगै अभिभावकहरू चिन्तामुक्त भएका हुन् । 

एकै पटक शैक्षिक सत्रको अन्त्यतिर अभिभावकलाई बोलाएर विद्यार्थीको खाजाबापत रकम बाँडफाँट गर्ने प्रवृत्ति बसेको विद्यालयमा लहान नपालाई सुरुमा खाजा कार्यक्रम  कार्यान्वयनमा ल्याउन निकै मुस्किल प-यो । विद्यालय प्रशासनले विभिन्न बहाना बनाउँदै प्रत्येक दिन खाजा खुवाउन सम्भव नहुने गुनासो राखे तर नगरपालिकाले दैनिक खाजा नखुवाए प्रधानाध्यापकको सुविधा कटौती गर्ने चेतावनी दिएपछि विस्तारै विद्यार्थीका लागि विद्यालयमा खाजा नियमित हुन थाल्यो ।

प्रत्येक विद्यालयले दाल र चामलको खिचडी, चिउरा–भुजा र गेडागुडी, हलुवा, चिउरा–भुजा र मासु, चिउरा–भुजा र मौसम अनुसारको तरकारी तथा मौसम अनुसारको फलफूल दिन बिराएर विद्यार्थीको खाजाबापत उपलब्ध गराउँदै आएका छन् । शिक्षा शाखाले प्रत्येक विद्यालयको फेसबुक आइडी बनाउन लगाएर सोहीमार्फत आफ्नो विद्यालयमा खुवाएको खाजा पनि फेसबुकमा राख्न लगाएको छ । बिहान १०:०० बज्नेबित्तिकै विद्यालयले आफ्नो फेसबुक आइडीमार्फत सार्वजनिक गर्ने गरेको खाजाको तस्बिरसहितको विवरणबाट अभिभावकले आफ्नो घरबाटै विद्यार्थीले कस्तो खाजा खाएको भन्ने थाहा पाउने गरेका छन् ।

‘‘सामुदायिक विद्यालयमा अनुगमनका क्रममा  जाँदा टिफिनपछि साना कक्षाका प्रायः सबै विद्यार्थी फर्किसकेको पाएपछि सोबारेमा अनुसन्धान गर्दै जाँदा विद्यार्थी भोकाएका कारण घर फर्किने कुरा थाहा पायौँ,” लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले भन्नुभयो, “दैनिक १५ रुपियाँका दरले १८० दिनका लागि एक शैक्षिक सत्रमा आएको रकम अधिकांश विद्यालयका प्रधानाध्यापकले अभिभावकलाई एकमुष्ट रूपमा आधा दिने र पूरैको भर्पाई बनाउने गरेका कारण विद्यार्थीले खाजा खान नपाएका रहेछन् ।” 

“हामीले यो प्रवृत्तिलाई तोड्यौँ र अहिले विद्यार्थीले विद्यालयमा खाजा खान पाएकाले सबै विषय अध्ययन गरेर मात्र फर्कने गरेका छन्,” प्रमुख चौधरीले थप्नुभयो । लहान नगरपालिकाको शिक्षा शाखाका प्रमुख अमिरी यादवले प्रत्येक विद्यालयसँग आइतबारदेखि शुव्रmबारसम्म विद्यार्थीलाई खुवाइने खाजाको दैनिक खाजा तालिका मागिएको जानकारी दिनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर