नेभिगेसन मेनु

टोकन प्रणालीमार्फत सेवा प्रवाह
सम्पादक:南亚网络电视
समय:2023-05-13 13:05

Untitled-1

जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबारदेखि विद्युतीय टोकन प्रणालीसहितको सेवा प्रवाह सुरु गरेको छ।

राजविराज नगरपालिकाको सहयोगमा जडान गरिएको विद्युतीय टोकन मेसिनको शुक्रबार कार्यवाहक नगर प्रमुख इसरत परविन र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सेवाग्राहीलाई टोकन प्रदान गरी उद्घाटन गर्नुभयो। त्यस क्रममा हातहातमा मोबाइल र इन्टरनेट भइरहँदा प्रविधिको सदुपयोगले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीले बताउनुभयो।

नागरिकता लिन शुक्रबार आउनुभएकी रविना दाहालले भन्नुभयो, “विद्युतीय टोकन प्रणालीसहितको सेवा प्रवाहले दुई÷तीन दिनसम्म लाग्ने र कुर्नुपर्ने झन्झट हँुदैन भने केही घण्टामै काम गराउन सक्नेमा विश्वस्त छौँ।” बिचौलियाको चङ्गुलमा रहेको सेवा प्रवाहलाई त्यसबाट मुक्त गर्ने प्रयास गरिएको छ। दुई जना बिचौलियालाई समातेर मुद्दासमेत चलाइएको जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका अधिकृत किशोर रामले जानकारी दिनुभयो। लिखित रूपमै जिल्ला प्रशासन सुधार कार्ययोजना लागू गरेर विभिन्न सुधारका प्रयास भएको प्रजिअ भूपेन्द्र थापाले जानकारी दिनुभयो। 

काम गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने जस्ता बिचौलियाको दिन अन्त्य गर्ने र नागरिकलाई गुनासोरहित सहज सेवा प्रदान गरेको अनुभूति दिलाउने अठोट उहाँले व्यक्त गर्नुभयो। प्रजिअ थापाले कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्र, राहदानी, नयाँ नागरिकता र नागरिकताको प्रतिलिपीलगायतका सेवा थप प्रभावकारी बनाउन टोकन प्रणाली सुरु गरिएको बताउनुभयो।

टोकन प्रणालीले सेवालाई थप सहज, सरल र व्यवस्थित एवं अनावश्यक झन्झट अन्त्य हुने उहाँले बताउनुभयो। यसअघि अव्यवस्थित भिडभाडलाई व्यवस्थित गर्ने प्रयास गरिए पनि पूर्ण व्यवस्थित हुन नसकेका कारण सेवाग्राहीलाई असहजताको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले अबदेखि भने सहज हुने बताउनुभयो। 

प्रजिअ थापाका अनुसार टोकनका लागि जडान गरिएको मेसिनमा राष्ट्रिय परिचयपत्र, राहदानी, नयाँ नागरिकता, अन्य र नागरिकताको प्रतिलिपी गरी पाँच वटा विकल्प राखिएको छ। तीमध्ये सेवाग्राहीले आफूलाई चाहिएको सेवाको विकल्पलाई थिचेर टोकन लिई सेवा लिन सक्ने छन्।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर