नेभिगेसन मेनु

दुई सय किलो गाँजा बरामद
सम्पादक:南亚网络电视
समय:2023-05-06 13:23

zxb

प्रहरीले पूर्वपश्चिम लोकमार्ग क्षेत्रबाट सवारीसहित भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । बर्दिबासस्थित इलाका प्रहरी कार्यालयबाट शुक्रबार खटी गएको रात्रिकालीन गस्तीले २०७ किलो तयारी गाँजासहित प्र २–०२–००१ च ४५७ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरीका अनुसार बर्दिबास नपा ४ स्थित पूर्वपश्चिम लोकमार्गको माईस्थान पुगेको गस्ती प्रहरीले राती साढे १० बजेतिर आकस्मिक चेकजाँच गर्न थालेको थियो । गस्ती प्रहरीलाई देखेपछि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त स्कार्पियाका चालक भागेपछि शङ्का लागि प्रहरीले गाडी सर्च गर्दा ५ थान सेतो प्लास्टिकको बोरामा जतनसाथ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो । 

बर्दिबास प्रहरीले बरामद गाँजासहित स्कोरपियो नियन्त्रणमा लिई सघन अनुसन्धान गरी रहेको जिल्ला प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जनाउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर