नेभिगेसन मेनु

राजविराज केन्द्रको विद्युत बक्यौता रकम २१ करोडभन्दा बढी
सम्पादक:南亚网络电视
समय:2023-05-12 17:50

ec.jpg-1

नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रको विद्युत् बक्यौता २१ करोड ७७ लाख ७५ हजार ६ सय ११ रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २१ करोड २७ लाख ५६ हजार २ सय ३३ रुपियाँ रहेको हो ।

राजविराज, शम्भुनाथ, डाकनेश्वरी, हनुमाननगर कङ्कालिनी  नगरपालिका, विष्णुपुर, राजगढ, रुपनी, छिन्नमस्ता, तिलाठी कोईलाडी गाउँपालिका र महादेवा गापाको १ र २ वडा नम्बर, सेवा क्षेत्र रहेको कार्यालय मातहत ६१ हजार ८१३ ग्राहक छन् । 

जसमा गार्हस्थ्य ५३ हजार ७८२ ग्राहकबाट ७ करोड ५० लाख ७२ हजार २०९ बक्यौता असुल गर्न बाँकी देखिएको छ । प्राधिकरणका लेखापाल गणेश थारुका अनुसार ८१५ औद्योगिक ग्राहकबाट ३ करोड ४७ लाख ७१ ह्जार ५८ रुपियाँ बक्यौता असुल गर्न बाँकी छ । अघिल्लो वर्ष औद्योगिक क्षेत्रका ग्राहकबाट ३ करोड २९ लाख ७२ हजार ९३८ बक्यौता असुल गर्न बाँकी रहेको थियो । औद्योगिक क्षेत्रमा आपूर्ति गरिएको विद्युत् बक्यौता बर्सेनि बढ्दै गएको हो ।    

प्राधिकरण अन्तर्गत ११ प्रकारका ग्राहक छन् । २७१ व्यापारिक ग्राहकमध्येबाट ३० लाख, २० हजार ५२०, सडक बत्तीको एक करोड २७ लाख ७५ हजार ४७४ रुपियाँ बक्यौता असुल गर्न बाँकी देखिएको छ । यसैगरी, सिँचाइका ६ हजार ४४६ मिटर जडान भएका ग्राहकमध्येबाट ८१ लाख ५३ हजार रुपियाँ बक्यौता देखिएको छ ।

गैरगार्हस्थ्य (निजी विद्यालय तथा अस्पताल) १७ ग्राहकबाट ४ लाख ९४ हजार ७६९ बक्यौता उठ्न बाँकी छ । प्राधिकरणबाट मनोरञ्जन व्यवसायका लागि चार , खानेपानी १४, यातायात एक, मन्दिर ४६, अस्थायी बत्ती १ र आन्तरिक खपतका १६ मिटरसमेत जडान छन् ।  यसरी प्रयोग गर्ने विद्युत्को महसुल बुझाउन आनाकानी गरिने गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख मधुसुदन यादवले कार्यालयअन्तर्गतको सेवा केन्द्रका नयाँ २० वटा ट्रान्सफर्मरलाई  अपग्रेड गरिएपछि अहिले कार्यालय मातहत ४२५ वटा ट्रान्सफर्मर पुगेका छन् । सेवाग्राहीको मागअनुसार ट्रान्सफर्मर थप गर्ने कार्य चालू आर्थिक वर्षमा समेत निरन्तरता पाउने प्रमुख यादवले जानकारी दिनुभयो । 

प्रमुख यादवका अनुसार चैत महिना मसान्तसम्म विद्युत् हुकिगं चोरीबाट ३ सय १० मध्ये १५० जनालाई पक्राउ गरी ३४ लाख ६४ हजार ४ सय ५८ रुपैयाँ ९५ पैसा राजस्व संकलन गरिएको छ भने २ लाख १८.०६९ युनिट खपत भएको बताउनुभयो । 

यस केन्द्रको कलेक्सन ९८ प्रतिशत रहेको राजविराज केन्द्रले जनाएको छ । छर्के निरीक्षण गर्दा हुकिङ्ग र मीटर बाइपासमा कमी आएको केन्द्रका प्रमुख यादवले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर