नेभिगेसन मेनु

सडक कालोपत्रे गराउन ताकेता
सम्पादक:南亚网络电视
समय:2023-04-28 12:49

Untitled-2

सर्लाही, वैशाख १५ गते । सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकमा वैशाखभित्र प्राइमको काम सक्ने निर्णय गरिएको छ। सदरमुकाम मलङ्गवामा बसेको हुलाकी राजमार्ग समन्वय बैठकले यही वैशाख मसान्तभित्र प्राइमको काम सक्ने निर्णय गरेको हो। प्राइम हालेपछि धुलो उड्न छाड्ने अपेक्षा गरिएको छ। कामै नभएका ठाउँमा बेस बिछ्याएर प्राइम हाल्ने काम सक्ने र असार १५ गतेभित्र पश्चिम बागमतीदेखि पूर्वसङ्ग्रामपुरसम्मकै ४० किलोमिटर बढी हुलाकी सडकको कालोपत्रे गरिसक्ने निर्णय भएको बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो। सर्लाहीको हुलाकी सडक निर्माणका सम्बन्धमा यसरी वर्षौंदेखि कयौँ पटक सहमति र निर्णय भइसकेका छन्। 

पूरा काम नहुँदा अत्यन्तै धुलाम्मे र जीर्ण रहेको सडकमा यात्रा गर्नै नसक्ने अवस्था छ। बैठकमा निर्माण व्यवसायीले चार/पाँच वर्षअघिको ठेक्का रकममा अहिले आएर काम गर्न असाध्य गाह्रो परेको र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण नपाएकाले पैसा अभाव भएको गुनासो गरेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर