नेभिगेसन मेनु

नदी कटान संरक्षण सम्पन्न
सम्पादक:南亚网络电视
समय:2023-05-27 12:36

Untitled-1-Recovered

सप्तकोशीको बहाव गाउँतिर मोडिएपछि नदी कटानको उच्च जोखिममा परेको उदयपुरको बेलका नगरपालिका–८ स्थित मेखबारी क्षेत्रको खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन ‘रिभेटमेन्ट वाल’ अर्थात् कटान क्षेत्रको भित्तो संरक्षण गरिएको छ । 

बिचमा बग्नुपर्ने नदी पूर्वतर्फबाट पश्चिमतिर मोडिएर पानीको सम्पूर्ण बहाव पश्चिमी किनारमा एकीकृत हँुदै गएपछि सुनसरी–मोरङ सिँचाइ आयोजनाले करिब सात करोड रुपियाँको लगानीमा दुई सय मिटर लामो लन्चिङ एप्रोचसहितको रिभेटमेन्ट वाल अर्थात् कटान क्षेत्रको भित्तो संरक्षण गर्ने कार्य सम्पन्न गरेको हो । कोशीमा बाढी आउँदा डुबाउला भन्ने चिन्ता र बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ सखाप पार्ला भन्ने भयले स्थानीय बासिन्दामा व्यापक निराशा र चिन्ता पैदा भइरहेको अवस्थामा सो आयोजनाले उक्त चिन्ता र निराशा हटाएको छ । १८ मिटर चौडाइमा दुई लेयर कोशीको पानी भित्रैबाट जालीमा ढुङ्गा भरेर छ मिटर अग्लो भित्ता संरक्षणको काम सम्पन्न गरिएको सुनसरी–मोरङ सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेशभक्त पोखरेलले बताउनुभयो ।

पोखरेलका अनुसार छिटो छिटो धार परिवर्तन गरिरहने प्रमुख विशेषता भएको ७२० किलोमिटर लामो सप्तकोशी नदी बालुवा र लेदो बगाएर ल्याउनेमा चीनको ह्वाङ हो र त्यसपछि एसियाकै दोस्रो ठूलोे नदी हो । बालुवा र लेदोे पूर्वी किनारामा थुपिँ्रदै जाँदा त्यहाँ रहेको आयोजनाको इन्टेकमा पानी पठाउनसमेत निकै समस्या भएको अवस्थामा अब भने केही सहज भएको उहाँको भनाइ छ । चतारा पुलमुनिको भागमा पश्चिमी किनारामा पानी एकीकृत हुँदा एकातिर उदयपुरको बेलका नगरपलिका–८ को कोठु, चम्पापुर, मेखबारी र सोमबारेसम्मको गाउँबस्ती र खेतीयोग्य जमिन कोशी कटानको उच्च जोखिममा रहेको छ भने अर्कातिर पूर्वी किनारामा सुनसरी र मोरङ जिल्लाको सिँचाइका लागि बनाइएको आयोजनाको पुरानो इन्टेकमा पानीको अभाव हुँदै आएको छ ।

यस क्षेत्रको कटान नियन्त्रण र आयोजनाको नहरमा सदाबहार पानी पठाउन अरू संरचनाको समेत खाँचो रहेकाले थप तीन सय मिटर लामो यस किसिमको भित्ता संरक्षण गर्न र थप तीन वटा स्पर यसै क्षेत्रमा निर्माण गर्न अति आवश्यक भएकाले आवश्यक लागत अनुमानसमेत तयार पारेर मूल्याङ्कन गरी स्वीकृतिका लागि जलस्रोत तथा सिँचाइ विभागमा पेस गरिएको उहाँले बताउनुभयो । हाल निर्माण भइरहेको दुई सय मिटर लामो रिभेटमेन्टका लागि रौताहा कन्स्ट्रक्सन आशीर्वाद रेग्मी जेभी निर्माण कम्पनी उदयपुरले भ्याटसहित छ करोड २७ लाख रुपियाँमा ठेक्का सम्झौता गरी निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो । 

कोशी कटानबाट बेलका नगरपालिका–३ स्थित चिलिया टप्पु, श्रीलङ्का टप्पु, सिसौली टप्पु, एबिसी टप्पु, रामनगर, बोची, भागलपुर, व्रmान्ति टोल, बानडाँडा र कोशीटप्पु आरक्षसमेत उच्च जोखिममा रहेको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउनुभयो । 

प्रमुख कार्कीका अनुसार भारतीय विशेषज्ञ टोलीले सन् १९८१ मा गरेको अध्ययन प्रतिवेदन अनुसार सप्तकोशीको बाढीले भारततर्फका सात हजार ६८० हेक्टर र नेपालतर्फका ७३८ हेक्टर भूमि बर्सेनि क्षति हुने गरेको छ । जापान सरकारको जाइका कम्पनीले सन् १९८५ मा गरेको अध्ययन प्रतिवेदनले सप्तकोशी संसारकै बढी लेदो बोक्ने नदी भएको र यसको अत्यधिक पहिरो र भूक्षय हुने ९२ हजार ५३८ वर्ग किलोमिटर जलाधार क्षेत्रमध्ये ४१ हजार ३३३ वर्ग किलोमिटर नेपालमा पर्छ भनी उल्लेख गरेको नगर प्रमुख कार्कीले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर