नेभिगेसन मेनु

गुच्ची च्याउले मनग्य आम्दानी गर्दै मुगुवासी
सम्पादक:南亚网络电视
समय:2023-05-08 12:39

ass (1)

गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएसँगै मुगुवासीले आम्दानी गर्न थालेका छन् । यो मौसममा यहाँका स्थानीय जङ्गलमा गई  जडीबुटीजन्य गुच्ची च्याउ सङ्कलन गर्न हिजोआज व्यस्त हुन थालेको छ । 

जिल्लाको छायानाथ रारा नगरपालिकाकाका वडा नं – ६, ७ , ८ ,९,१०, १२, १३ र १४, सोरूँ गाउँ पालिकाका  वडा नं २, ३, ४ र ६ त्यसै गरी  खत्याड गाउँ पालिकाका वडा नं– ६, ७ र ८ र मुगमकार्मारोङ गाउँ पालिकाका वडा नं– ६,७,८ र ९  नं वडाका  स्थानीयको गुच्ची च्याउ राम्रो आम्दानीको स्रोत हो ।

छायानाथ रारा नगरपालिका वडा नं ६ का मानबहादुर बोहराले गुच्ची च्याउ सङ्कलन चैतको दोस्रो सातादेखि वैशाखको अन्तिमसम्म हुँदै आएको बताउनुभयो । उहाँका अनुसार हरेक घरले एकदेखि तीन किलोसम्म च्याउ सङ्कलन गर्दै आएका छन् । प्रति गोटा गुच्ची च्याउको दश रुपियाँका दरले र प्रति केजी ३० हजार रुपियाँ  स्थानीय व्यापारीले खरिद गर्ने गरेका छन् । 

यता मुगु कार्मारोङ गाउँपालिका वडा नं ८ चिमात्त गाउँका हर्ष रोकायाले चिमात्त गाउँ लगायत गाउँका स्थानीयले गुच्ची च्याउबाट घर खर्च चलाउन सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो चिमात्त गाउँमा हरेक घरधुरीले ३० हजार देखि ५० हजार सम्म  गुच्ची च्याउ बाट आम्दानी गर्ने गरेका छन् ।’

यता छायानाथ रारा नगरपालिका वडा नं ९ का नन्द सीङ रोकायाले हरेक वर्ष गुच्ची च्याउको आम्दानीले भेडा बाख्रा जोड्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष गुच्ची च्याउ उत्पादन हुने समयमा लेकमा बेलाबखत राम्रोसँग पानी परेकाले गएको वर्ष भन्दा यो वर्षमा ५० देखि ७० हजार सम्म गुच्ची च्याउ बाट आम्दानी लिने लक्ष्य राखेको छु ।’

बोहराले जिल्लाका कृषकहरू जडीबुटी उत्पादन हुने समयमा हरेक थरिका जडीबुटीहरू सङ्कलन गर्ने गरेको तर कृषकसँग जडीबुटीको बजार बिक्री मूल्य जानकारी नहुँदा स्थानीय व्यापारीसँग भने अनुसार मूल्य नपाएको बताउनुभयो ।

डिभिजन बन कार्यालयले हरेक सामुदायिक बन उपभोक्ता समितिलाई जडीबुटी बजारको बिक्री मूल्य विवरण पठाएमा कृषकले भनेअनुसार मूल्य पाउने उहाँको भनाइ छ । स्थानीय जडीबुटी व्यापारी पञ्चबहादुर ऐडीले कृषक सँग प्रतिगोटा गुच्ची च्याउ राम्रो दानाको १० रुपियाँमा र प्रति केजी ३५ हजार रुपियाँमा  खरिद गर्दै आएको बताउनुभयो ।  गुच्ची च्याउ विशेष गरी सल्ला र गोब्रे सल्लाको जङ्गलमा उत्पादन हुने भएकाले सामुदायिक बनमा जङ्गल पनि संरक्षण हुन नितान्त आवश्यक रहेको उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालयको कार्यविधि अनुसार  स्थानीय जडीबुटी व्यापारीसँग  गुच्ची च्याउ सङ्कलनका लागि प्रतिकेजी ५०० रुपियाँका दरले राजश्व लिइँदै आएको छ। डिभिजन वन कार्यालयका  कर्मचारी प्रनिल देवकोटाले आर्थिक वर्ष  ७७-७८ मा गुच्ची च्याउ बाट  चार लाख ७५ हजार रुपियाँ राजस्व संकलन भएको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर