नेभिगेसन मेनु

सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो
सम्पादक:南亚网络电视
समय:2023-04-16 13:36

1

हुम्ला, वैशाख ३ गते । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका सुत्केरी महिलाहरूले आर्थिक वर्ष २०७८।०७९ सालको प्रोत्साहनस्वरूप पाउने भत्ता नपाएको गुनासो गर्नुभएको हो । गाउँपालिकाले स्वास्थ्य चौकीहरूलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो सङ्ख्यामा सुत्केरी भएकी महिला उक्त सुविधाबाट वञ्चित हुनुभएको हो । 

अदानचुली गाउँपालिका– २ की जुनेली टमटाले आफु सुत्केरी भएको दुई वर्ष पुगे पनि सुत्केरी महिलाले राज्यबाट पाउने भत्ता नपाएको गुनासो गर्नुभयो । उहाँले पटक पटक स्वास्थ्य चौकीमा उक्त भत्ता माग्न जाँदा निकासा नआएको जवाफ पाउने गरेको बताउँदै अब त माग्न समेत छोडेको बताउनुभयो । उहाँले चार पटक गर्भ जाँच गरेको  प्रति पटक चार सयका दरले एक हजार छ सय र प्रसूतिगृहमा सुत्केरी भए बापत तीन हजार रुपियाँ प्रोत्साहन भत्ता गरी चार हजार छ सय रुपियाँ हालसम्म पाउनुभएको छैन । 

यो भत्ता उहाँले श्रीनगर स्वास्थ्य चौकीबाट पाउनुपर्ने हो ।  उहाँले गत आर्थिक वर्ष २०७८।०७९ को असार महिनाभित्र पाउनुपर्ने थियो । त्यसैगरि सोही गाउँपालिका–४ की जुनकला जैसीले पनि आफुूले सुत्केरी भत्ता नपाएको गुनासो गर्नुभयो । उहाँ २०७८ सालको असोजमा सुत्केरी हुनु भएको थियो । सुत्केरी भएकै दिन प्रसूतिगृहबाट घर फर्कने बेला पाउनुपर्ने उक्त भत्ता हालसम्म पाउन नसक्नु कारण समेत उहाँले माग गर्नुभएको छ । श्रीनगर स्वास्थ्य चौकीको प्रसूतिगृहमा काम गर्दै आउनुभएकी अनमी सुस्मिता फडेराले गाउँपालिकाका दुई वटा स्वास्थ्य चौकी अन्तर्गतका प्रसूति गृहमा सुत्केरी हुुन भएकी सुत्केरी आमाहरूले एक वर्षको भत्ता नपाएको सुनाउनुभयो । उहाँका अनुसार यसरी सुत्केरी भत्ता र गर्भ जाँच गराए बापत पाउने एक हजार छ सय रुपियाँ नपाउने सुत्केरी आमाहरू १६५ जना रहेको बताउनुभयो । 

भत्ता निकासाका लागि पटक पटक गाउँपालिकालाई जानकारी गराएको भए पनि निकासै नआएको कारण भत्ता वितरण गर्न नपाएको स्वीकार गर्नुभयो । उहाँले तीस भन्दा बढी सुत्केरी आमाले स्वास्थ्य चौकीमा आएर आन्दोलन गरेको भए पनि गाउँपालिकाबाट भत्ता उपलब्ध नभएको बताउनुभयो । यस सम्बन्धमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले आफू साउन महिनामा गाउँपालिकामा आएको कारण त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताउनुभयो । 

चालुु वर्षको नौ महिनापछि दिने व्यवस्था

निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही चालु आर्थिक वर्षका लागि भने नौ महिनापछि सुत्केरी महिलाले पाउने भत्ता स्वास्थ्य संस्थामा कार्यरत दुई जना स्वास्थ्यकर्मीहरूलाई पेस्की उपलब्ध गराएर वितरण सुरु गरिएको बताउनुभयो । उहाँले गाउँपालिका चैत महिनाको अन्तिम साता दुई जना स्वास्थ्यकर्मीहरूलाई पेस्की उपलब्ध गराएर साउनयता सुत्केरी हुनु भएकी महिलालाई भत्ता दिन सुरु गरिएको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर