नेभिगेसन मेनु

सडकमा सिन्डिकेट प्रहरी मूकदर्शक
सम्पादक:南亚网络电视
समय:2023-05-05 12:50

Untitled-1 (2)

कर्णाली कोरिडोरको हुम्ला, बाजुरा र कालीकोट खण्डमा यातायात व्यवसायीको सिन्डिकेटका कारण यात्रुले कठिनाइ खेप्नु परिरहेको छ । सो खण्डमा प्रत्येक जिल्ला र गाउँपालिकाभित्रका यातायात व्यवसायीले सिन्डिकेट लागू गरेका छन् । सो खण्ड हुँदै सुर्खेत र नेपालगञ्ज आउजाउ गर्ने यात्रुले स्थानीय व्यवसायीको गाडी चढ्नैपर्ने बाध्यता छ । 

नेपालगञ्जबाट हुम्ला आइपुगेका छपाल लामाले कालीकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने कर्णाली कोरिडोरमा निकै सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँका अनुसार यातायात व्यवसायीले रिजर्भ गाडीलाई रोकेर अवरोध गर्ने गरेका छन् । नेपालगञ्जबाट कालीकोटको जितेसम्म तीन हजार भाडा तिर्नुपर्छ । त्यहाँबाट बाजुराको बूढीनन्दा नगरपालिकाको पिलीसम्म एक हजार भाडा तिनेर स्थानीय यातायातका साधन यात्रुले चढ्नैपर्छ । बाजुराको पिलुबाट बाजुराकै हिमाली गाउँपालिकाको धुलाचौरसम्म पाँच सय रुपियाँ तिरेर अर्को गाडी चढ्नुपर्ने बाध्यता यात्रुलाई छ । धुलाचौरबाट हुम्लाको सलीसल्लासम्म एक हजार पाँच सय रुपियाँ तिरेर फेरि अर्को गाडी चढ्नुपर्ने अवस्था छ । यातायात व्यवसायीको सिन्डिकेटले गर्दा यात्रुले दुःख पाएको र भाडा बढी तिर्नुपरेको लामाले बताउनुभयो । 

यात्रुलाई दुःख दिँदैआएका यातायात व्यवसायीको सिन्डिकेटले ठाउँठाउँमा काउन्टर स्थापना गरेका छन् । ती काउन्टरबाट गाडी अघि बढ्न दिँदैनन् । उनीहरूले नै व्यवस्था गरेको अर्को गाडीमा यात्रुले यात्रा गर्नुपर्ने बाध्यता छ । व्यवसायीले यात्रुलाई ठगी गरिरहँदा स्थानीय प्रशासनचाहिँ मौन छ । कालीकोटको जितेदेखि हुम्लाको कवाडीसम्म तीन स्थानमा प्रहरी चौकी भए पनि प्रहरीले सिन्डिकेटबारे केही नबोल्ने गरेको लामाले बताउनुभयो । नेपालगञ्जबाट हुम्लाको सलीसल्लासम्म यात्रा गर्दा व्यवसायीको सिन्डिकेटकै कारण यात्रुले छ हजार रुपियाँ भाडा तिर्नुपर्ने र ठाउँठाउँमा झदै अर्को गाडी चढ्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर