नेभिगेसन मेनु

एक डाक्टरको भरमा अस्पताल
सम्पादक:南亚网络电视
समय:2023-05-04 13:47

jajarkot-hospital

चिकित्सकको अभावमा ५० शय्याको जाजरकोट अस्पतालमा आउने बिरामी बिनाउपचार फर्कनुपर्ने अवस्था रहेको छ। छ जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पतालमा एक जना करार सेवाका डाक्टरले सेवा दिइरहेका छन्। अस्पतालमा इमर्जेन्सी सेवाका लागि आएका बिरामीसमेत बिनासेवा अस्पतालबाट फर्कनुपर्ने अवस्था रहेको छ। अस्पतालका डा. सुनील पुनः गत वर्षदेखि अध्ययन बिदामा हुनुहुन्छ। जिल्लामै सुविधासम्पन्न स्वास्थ्य सेवा दिने उद्देश्यले ५० शय्याका लागि भवन निर्माण गरिए पनि स्थानीयले सामान्य स्वास्थ्य सेवासमेत प्राप्त गर्न सकेका छैनन्। विषयविज्ञ चिकित्सक नहुँदा निजी क्लिनिक र औषधि पसलबाट औषधि खरिद गर्न स्थानीय बाध्य छन्। 

भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले सुगर प्रेसर जाँच गर्न जाँदा डाक्टर नपाएको गुनासो गर्नुभयो। स्वास्थ्य जाँचका लागि पुगेका सर्वसाधारण अस्पतालमा चिकित्सक नभेटेपछि फर्कने गरेका छन्। डा. भूपेन्द्र बजगाईंका अनुसार यसरी दैनिक रूपमा ३० जना बिरामी बिनासेवा फर्कने गरेका छन्। ओपीडी, रात्रि सेवा गरी दिनमा ३० जना बिरामी मात्र जाँच्न सकिने डा. बजगाईंले बताउनुभयो। भेरी नगरपालिका–४ का सत्यदेव शर्माका अनुसार १५ शय्याबाट स्तरोन्नति गरी ५० शय्याको अस्पताल बनाइए पनि सेवासुविधा नपाउँदा रुकुम पश्चिमको चौरजहारी, नेपालगञ्ज, सुर्खेतलगायत स्थानमा उपचारका लागि लैजानु परेको बताउनुभयो। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले दुई जना डाक्टर तालिममा गएपछि सबैतिर एक जनाले मात्र हेर्दा समस्या भएको बताउनुभयो। केही दिनमा तालिममा गएका चिकित्सक फर्किएपछि सेवाबाट वञ्चित हुनुपर्ने समस्या हट्ने कँडेलले बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर