नेभिगेसन मेनु

नारामा निःशुल्क अभिभावक तिर्छन् शुल्क
सम्पादक:南亚网络电视
समय:2023-04-21 12:35

SCHOOL

तिलागुफा नगरपालिका–१० स्थित महादेव माध्यमिक विद्यालयले विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको छ। सरकारले सामुदायिक विद्यालयमा पाठ्यपुस्तक र शिक्षा निःशुल्क भने पनि महादेव माविले मासिक एक हजार पाँच सय रुपियाँ शुल्क असुल्दै आएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज थापाका अनुसार विद्यार्थीको चाप बढेको र त्यसका लागि शिक्षक व्यवस्थापन गर्न अभिभावकबाट सहयोग शुल्क लिनु परेको हो। निम्नमाध्यमिक र माध्यमिक विद्यालयको दरबन्दी नभएका कारणले यो बाध्यता परेको भनाइ अध्यक्ष थापाको छ। सो स्थानबाट अर्को माध्यमिक विद्यालय टाढा रहेकाले तीन वर्षदेखि महादेव आधारभूत विद्यालयमा माध्यमिक तहको अध्यापन थालिएको हो।  

स्थानीय सरकारले विद्यालयप्रति खासै चासो नदिएका कारण अभिभावकबाट प्रतिघर एक हजार पाँच सय सहयोग शुल्क लिनु परेको अध्यक्ष थापाले बताउनुभयो। वडामा आयोजित सार्वजनिक सुनुवाइमा अध्यक्ष धनराजले विद्यालयका लागि बजेट व्यवस्थापन गर्न आग्रह गर्नुभयो। स्थानीय भैरव थापाले ३५० भन्दा बढी विद्यार्थी सङ्ख्या रहेको महादेव माविमा प्राथमिक विद्यालय तहको मात्र दरबन्दी रहेकाले अभिभावकले शुल्क तिर्नुपर्ने अवस्था आएको बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर