नेभिगेसन मेनु

आधा गाउँपालिका सडक पहुँचबाट टाढा
सम्पादक:南亚网络电视
समय:2023-04-17 13:20

Untitled-1 (1)

वैशाख ४ गते । कर्णाली नदीको वारिपारि पचालझरना गाउँपालिका फैलिएको छ। पक्की पुल नहुँदा पचालझरना गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन।

पचालझरना गाउँपालिका–१ देखि ५ वडासम्म यातायातका साधन सञ्चालनका लागि जोखिमपूर्ण रूपमा कर्णाली नदीबाटै गाडी तार्ने गरिएको छ। स्थानीय दत्तप्रसाद न्यौपानेले कर्णालीमा पुल नभएका कारणले गाउँका सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो। 

उहाँका अनुसार स्थानीय सरकारले गाउँमा सडक खनेका छन् तर सडकमा चल्ने यातायातका साधन नभएका कारणले सडक पनि जीर्ण हुँदै गएको छ। कर्णालीमा पुल निमार्णका लागि ठेक्का भएर काम सुरु भएको एक वर्ष बितेको छ। गाउँपालिका अध्यक्ष देवजङ्ग शाहीले पुल निर्माणको काम सुस्त भएकाले जोखिमपूर्ण रूपमा सामान ढुवानी भइरहेको बताउनुभयो।

हिउँदको समयमा भएकाले कर्णाली नदीमा गाडी तार्न सहज छ तर बर्सातका बेला त त्यो सम्भव छैन। वर्षाको समयमा वडा नं १ देखि ५ सम्मका नागरिक सडक सञ्जालबाट पूर्ण वञ्चित हुने गरेको बताइन्छ।

पचालझरना गाउँपालिका कर्णाली नदीले दुई भागमा विभाजन गरेको छ। वडा नं. १ देखि ५ सम्म कर्णाली कोरिडोरको पहुँचभन्दा बाहिर छ। वडा नं. ६, ७, ८ र ९ वडा भने कोरिडोरसँग जोडिएका छन्। वडा नं. ६ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रभुजन सज्यालले भौगोलिक रूपमा निकै कठिन भएकाले सबै वडामा सडक निर्माण भए पनि यातायातका साधन चल्न भने कठिन भएको बताउनुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर