नेभिगेसन मेनु

पक्की पुल बगायो, काठेपुलको यात्रा
सम्पादक:南亚网络电视
समय:2023-04-18 16:41

भैसीगाैडँ-काठेपुल-तस्वीर-प्रेमराज-सिम्खडा-कालीकाेट

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ र वडा नं ९ जोड्ने तिलानदीको पक्की पुल बाढीले बगाएपछि समस्या भएको छ । गत वर्ष २०७९ सालको असोज १९ गते देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले भैँसीगौडाको पक्की पुल बगाएपछि अहिले उक्त ठाउँमा काठेपुल लगाइएको छ । 

स्थानीयले लगाएको काठेपुलबाट जोखिमपूर्ण आउजाउ गर्न नागरिक बाध्य छन् । उक्त काठेपुलबाट यातायातका साधन समेत सञ्चालन गर्दा थप जोखिम बढिरहेको छ । निर्माण सम्पन्न भएको ६ महिना पछि आएको बाढीले पक्कीपुल बगाउँदा पुनः पुल निमार्णका लागि कुनै पनि पहल भएको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काल पुनः निर्माणका लागि सम्बन्धित निकायमा खबर गरे पनि अहिलेसम्म उक्त पुल बनाउने वा नबनाउने भन्ने बारे यकिन छैन । 

कर्णाली राजमार्गसँग तिलागुफा नगरपालिका वडा नं ९, १० र ११ लाई जोड्नका लागि भैँसीगौडामा पक्की पुल निर्माण भए पनि राम्रोसँग सञ्चालनमा आउन नपाउँदै बाढीले बगाएकोप्रति चिल्खायाका नागरिक निकै दुःखी छन् । वडा नं ९ का वडा अध्यक्ष नरेन्द्रबहादुर रोकायाले पक्की पुल बन्यो भनेर खुसी भएका नागरिक पुल बगाएसँगै निराश भएको बताउनुभयो । 

तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले प्राविधिक अध्ययन समेत गलत भएका कारणले पक्की पुल बगेको बताउनुभयो । 

निर्माण व्यवसायी तारा शाहले पुल निर्माण भएको एक वर्षसम्म पनि कार्यालयले बुज्न नमानेका कारणले बाढीले पुल बगाउँदा भुक्तानी रोकिएको गुनासो गर्नुभयो । 

पुलको भुक्तानी दिँदै आएको भौतिक पूर्वाधार कार्यालय, कालीकोटका अनुसार पुलको केही भाग निर्माण हुन बाँकी भएकाले केही रकम भुक्तानी हुन बाँकी छ । 

पुलको केही काम बाँकी थियो, सक्नुहोस् भनेर भनेका थियौँ । निर्माण व्यवसायीले सक्नुभएन, त्यही बेला बाढीले पुल बगाएकाले अब भुक्तानी प्रक्रिया के हुने भन्ने बारेमा अहिले केही भन्न नसकिने कार्यालयका प्राविधिक लक्ष्मणप्रसाद पाण्डेले बताउनुभयो । उहाँले पुल पुनः निर्माण हुने विषयमा जानकारी नभएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर