नेभिगेसन मेनु

खुल्यो नेपाल–भारत सीमा ट्रयाक
सम्पादक:南亚网络电视
लेखक:बिशाल श्रेष्ठ
समय:2023-05-06 14:42

Dohara-Chadni

भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ सम्म सुख्खा बन्दरगाह जाने बाटोको ट्र्याक खोलेको छ । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले भारतीय पक्षले सीमावर्ती चक्करपुर बजारस्थित राष्ट्रिय राजमार्गबाट नेपाल–भारत सीमासम्म जाने बाटोको ट्रयाक खोलेको जानकारी दिए ।

‘भारतीय पक्षले आफ्नो भूमिमा जङ्गल सफा गरेर पहुँच सडक ट्रयाक खोलेको छ’, उनले भने, ‘नेपाली सीमा भारततर्फ जाने सडकको ट्रयाक खोल्ने काम सकिएको छ । भारतको उत्तराखण्ड राज्यको चम्बावत जिल्लाको चकरपुर र नेपालको भूभाग गडीगोठबीच जोड्ने करिब चार किलोमिटर लम्बाईको चार लेनको पहुँच सडकको ट्रयाक खोलिएको छ ।

पहुँच सडक निर्माणका लागि ६ महिनाअघि दुई अर्ब रुपैयाँको ठेक्का दिइएको थियो । सम्झौतामा हस्ताक्षर भएको डेढ वर्षभित्र पहुँच सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । ट्र्याक खोलिएसँगै अबको काम पहुँच सडक कालोपत्र गर्ने हो । यो रुटले नेपाल र भारतबीचको व्यापार र यातायात सेवालाई जोड्नेछ ।

दोधारा चाँदनी नगरपालिका–१ मा सुख्खा बन्दरगाह निर्माणको तयारी भइरहेको छ । सुक्खा बन्दरगाह निर्माण विगत दुई दशकदेखि प्रचारप्रसारमा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत फागुन ३ गते निर्माण स्थलको निरीक्षण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले तीन वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने गरी भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्तर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्न भारत सहमत भएको बताए ।

‘भारतको तर्फबाट संरचना विकास गर्ने समझदारी भइसकेको थियो । इआइएको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणका क्रममा सुख्खा बन्दरगाहको एओयूमा हस्ताक्षर गर्ने काम भइरहेको छ ।

आयोजना निर्माणका लागि मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब २८० बिघा जमिन प्रयोग गरिनेछ । सुख्खा बन्दरगाहका लागि महाकाली नदीमा चार लेनको सिमेन्ट पुल निर्माण भएको छ । त्यसैगरी गड्डाचौकीदेखि दोधारा चाँदनी–१, मलेरिया नालासम्म आठ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणले सुदूरपश्चिमलाई व्यापारका लागि सिधै भारतसँग जोड्नेछ । साथै, यसले भारतको राजधानी नयाँ दिल्ली र औद्योगिक सहर रुद्रपुरमा सहज पहुँच पुर्‍याउनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर