नेभिगेसन मेनु

राष्ट्रिय सभा र रुसी महासंघको फेडेरेसन काउन्सिलबीच अन्तर-संसद् समझदारी पत्रमा हस्ताक्षर
सम्पादक:南亚网络电视
समय:2023-04-21 12:49

thumb

राष्ट्रिय सभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलबीच बिहीबार अन्तर-संसद सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले समझदारीपत्रमा  हस्ताक्षर गरेका हुन् । 

राष्ट्रिय सभा र फेडेरेसन काउन्सिलबीच भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर-संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रियामार्फत अन्तर-संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।

त्यस्तै आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन र आपसी चासोका अन्य दस्तावेजहरूको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरू, संसदीय गतिविधिको डिजिटाइजेसन र सभा, समिति तथा आयोगहरूको कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

समझदारीपत्रमा अन्तरव्यवस्थापिका संघलगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरूमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्नेसमेत उल्लेख छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर