नेभिगेसन मेनु

चीन आएको ८ महिनापछि राजदूत श्रेष्ठले बुझाए ओहदाको प्रमाणपत्र
सम्पादक:南亚网络电视
समय:2023-04-26 15:28

图片_20230426130834

बेइजिङ — चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन्। गत अगष्टमा चीन आएर बेइजिङस्थित राजदूतावासमा कार्यरत राजदूत श्रेष्ठले सोमबार ग्रेट हल अफ द पिपुल्समा आयोजित समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ समक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन् । राजदूत श्रेष्ठसँगै विभिन्न देशका अरू ७२ जनाले पनि यस्तो प्रमाणपत्र बुझाए ।

कोभिडका कारण सन् २०२१ अप्रिल यता यो समारोह ढिलो गरी आयोजित भएको हो । यो ढिलाइका कारण राजदूत श्रेष्ठले ८ महिनापछि र अन्य कतिपय देशका राजदूतले दुई/तीन वर्षपछि यस्तो प्रमाणपत्र बुझाउने अवसर पाएका छन् । चीनमा वर्षमा २ पटक मार्च-अप्रिल र सेप्टेम्बर-अक्टोबरमा ओहदाको प्रमाणपत्र बुझाउने समारोहको आयोजना गरिन्छ । त्यसअघि कुनै पनि राजदूतले चीनमा उत्रिने बित्तिकै परराष्ट्र मन्त्रालयको प्रोटोकल विभागमा प्रतिलिपि बुझाएपछि आफ्ना कामहरू सुचारू रुपमा गर्न पाउँछ । प्रमाणपत्र ग्रहण गरेपछि चिनियाँ राष्ट्रपति सीले चीनमा आएर काम गर्नका लागि स्वागत गरेको राजदूत श्रेष्ठले कान्तिपुरलाई सुनाए ।

W020220808791261157608

विश्व हातेमालोका लागि जीडीआई, जीएसआई र जीसीआई : सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वसँगको हातेमालोका लागि चीनले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) लाई अगाडि सारेको बताएका छन् । सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा ओहदाको प्रमाणपत्र बुझाउन भेला भएका विभिन्न देशका राजदूतहरूलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने, ‘मानव जातिसमक्ष एकपछि अर्को चुनौती देखापरेका छन् । एक्लैले यस्ता समस्या पार लगाउन सकिन्न, त्यसैकारण चीनले जीडीआई, जीएसआई र जीसीआईको अवधारणा अघि सारेको हो ।’

सम्बोधनका क्रममा सीले सम्बन्धित देशका राजदूतहरूमार्फत् सरकार र जनताप्रति अभिवादन प्रकट गर्दै कोभिडका कारण ओहदाको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम आयोजना गर्न ढिलाइ भएको बताए । राजदूत श्रेष्ठका अनुसार सीले कोभिड अवधिमा चीनले जनताको जीवनलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए र बाह्य मुलुकले गरेको सहयोगप्रति आभार प्रकट गरे। चीनले २०औं राष्ट्रिय जनकांग्रेस, चीनका २ अधिवेशनलगायत सम्पन्न गरेको सुनाउँदै सीले चीनको पुनः उत्थान तथा अत्याधुनिक मुलुक बनाउने कुरालाई पारित गरिएको बताए । पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यताको अध्ययन गर्न स्वागत गर्दै राष्ट्रपति सीले कुनै पनि समस्या भएमा नहिच्किचाइकन भन्न पनि राजदूतहरूलाई सुझाएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर