नेभिगेसन मेनु

कसरी बाँच्लान् कृष्णसार
सम्पादक:南亚网络电视
समय:2023-04-10 13:58

thumb (2)

डेढ साताअघि स्यालले लखेटिरहेको अवस्थामा कृष्णसारका दुई पाठाको संरक्षित क्षेत्रका कर्मचारीले उद्धार गरे । ती पाठालाई खैरापुरस्थित उद्धार केन्द्रमा राखियो । यसरी संरक्षण गरिएकामध्ये कागले ठुँगेर एउटाको आँखा थिएन । खोरबाहिर रहेको अवस्थामा कागले ठुंग्दा १५ दिनको पाठोको आँखा गुमेको थियो । दृष्टिविहीन उक्त पाठो गत शुक्रबार मर्‍यो । उद्धार केन्द्रमा अर्को पाठोलाई कर्मचारीले बोतलबाट दूध खुवाएर राखेका छन् ।

दूध ख्वाउन बाहिर निकाल्नेबाहेक अन्य समय खोरमा थुन्ने गरेका छन् । गेमस्काउट डुम चन्द खोरमा पुग्नासाथ टुहुरो कृष्णसार सुमसुम्याउन पुग्छन् । माउ नभएका कारण उसले दूध मागेको इसारा गर्ने गरेको चन्दले बताए । ‘बोतलमा निप्पल राखेर दूध खुवाउनुपर्छ,’ उनले भने, ‘पुनः दुर्घटनामा नपरोस् भन्दै जोगाएर खोरमा राखेका छौं ।’ गेम स्काउट चन्द पाठोका लागि सहारा भएका छन् ।

फागुन र चैत महिना कृष्णसार ब्याउँछन् । यहीबेला स्याल, कुकुर, हुँडार र चितुवा संरक्षण क्षेत्रमा पस्ने गरेका कारण कृष्णसार बढी जोखिममा पर्छन् । साताअघि स्यालले गर्भवती कृष्णसारलाई मारेर लैजाँदा कर्मचारीले लखेटे । मृत कृष्णसारको पेट चिरेर पाठो जीवित निकालिएको थियो । तर, तीन दिनमै उक्त पाठोको मृत्यु भयो । कृष्णसार जोगाउन राति आगो बालेर धूवाँ लगाउने, स्याल लुकेको खाडल पुर्ने र टर्च बालेर लखेट्ने गरे पनि पुनः पस्ने गरेको संरक्षण क्षेत्र खैरापुरका रेन्जर आशिष त्रिपाठीले बताए । ‘स्याल कहाँबाट संरक्षित क्षेत्रमा पस्छ भन्ने थाहा नै हुँदैन,’ उनले भने, ‘कृष्णसारका माउ र पाठा बचाउन निकै चुनौती छ ।’

बच्चा जोगाउन पोथी कृष्णसार समूहमा बस्छन् । रेन्जर त्रिपाठीले स्याल वा कुकुर देख्नासाथ समूह मिलेर लखेट्ने गरेको बताए । समूहमा नभएका बेला स्यालले सहजै कृष्णसारलाई मार्ने गरेका छन् । एक महिनायता कृष्णसारका ३२ पाठापाठी जन्मिएका छन् । केही पोथी गर्भिणी रहेकाले संख्या अझ बढ्न सक्ने अनुमान छ । चैत २३ सम्म २१ वटा कृष्णसारका बच्चा स्यालले मारिसकेको छ । संकटमा रहेको कृष्णसार हाल १ सय ९७ वटा रहेकामा पोथीको संख्या निकै कम छ । पोथी ४२ वटा र १ सय २३ भाले रहेको कृष्णसार संरक्षण कार्यालय खैरापुरले जनाएको छ । गत साउनमा एक साता लगातार ११ वटा भाले कृष्णसारलाई चितुवाले मारेको थियो । दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया–२ स्थित खैरापुर संरक्षण क्षेत्रमा फैलिएर रहेका छन् । ‘यो वर्ष फागुन र चैत महिनामा बच्चा जन्माउँदा चितुवा र हुँडारले आक्रमण गरेको छैन,’ उनले भने, ‘पहिलो पटक यो वर्ष स्यालले २१ वटा बच्चा मारेको छ ।’ हालै जन्मिएका ३२ वटा पाठापाठीमा भालेपोथी छुट्याउन तीन महिना लाग्ने संरक्षण क्षेत्रले जनाएको छ ।

एक दशकअघिसम्म यहाँ कृष्णसारको संख्या ३ सयभन्दा बढी थियो । संख्या बढ्नुपर्नेजसरी नबढेको संरक्षणकर्मीहरू बताउँछन् । गुलरिया–२ का वडाध्यक्ष एवं संरक्षणकर्मी टंक अधिकारीले पूर्ण रूपमा तारबार नहुनु, नियमित गस्ती नगर्नु लगायतका कारण यस्तो अवस्था आएको बताए । ६ वर्षअघि एकै महिना (चैत) मा कृष्णसारका ७२ वटा बच्चा जन्मिएका थिए । संरक्षण क्षेत्रसँग जोडिएको सामुदायिक वनमा रहेको चितुवाको आक्रमणले कृष्णसार उच्च जोखिममा छन् । करिब आठ वर्षअघि सामुदायिक वनबाट एउटा चितुवा डाट गरी बर्दिया निकुञ्जमा छाडिएको थियो । सामुदायिक वनमा अहिले तीन/चारवटा चितुवा रहेको अनुमान छ । चितुवा नजिकको सामुदायिक वनबाट दैनिक आउने गरेको संरक्षण क्षेत्रले जनाएको छ ।

सामान्यतः कृष्णसारले वर्षमा २ वटा बच्चा जन्माउने गरेको छ । यहाँका कृष्णसार वासस्थान अतिक्रमणसँगै हुँडार र भुस्याहा कुकुरको आक्रमणको सिकार बन्दै आएका छन् । सरकारले २०६५ चैत ३ मा खैरापुरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । संरक्षण क्षेत्रको भौतिक पूर्वाधार अझैसम्म गतिलो छैन । तारबार पूर्ण रूपमा नहुनु, स्याहार सम्भार र अतिक्रमण गरी बसेकाको व्यवस्थापन नहुँदा वन्यजन्तु संकटमा परेका हुन् । ७ सय ८ बिघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० बिघाभन्दा बढी जग्गा भूमिहीनका नाममा अतिक्रमण भएको कृष्णसार संरक्षण समितिले जनाएको छ । यस क्षेत्रमा २०२६ सालदेखि ५१ घर ऐलानी जग्गामा छन् । १ सय ४१ बिघा ऐलानी जग्गामध्ये ३३ हेक्टरमा ५१ घर परिवार २०६३ सालदेखि बस्दै आएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर