नेभिगेसन मेनु

पोखरीमा गहना खोज्ने जात्रा
सम्पादक:南亚网络电视
समय:2023-04-08 14:15

IMG_0240

टुँडालदेवीलाई पोखरीको परिक्रमा गराउदै युवाहरू।

काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने गहना खोज्ने जात्रा यस वर्ष पनि धुमधाम साथ मनाइयो । ऐतिहासिक महत्त्वको यस जात्रा नेवार समुदायमा लोकप्रिय छ । यस जात्रामा स्थानीय नेवार समुदायका युवाहरूले काँधमा टुँडालदेवीको पालकी बोकेर हराएका गरगहना खोज्ने गरिन्छ ।

1-gahana-pokhari-jatra-hadigaun-kathmandu-1062916062182063a3xagmhjr

किरातकालदेखि नै चल्दैआएको मानिने यस जात्रामा हजारौं युवाको भीड लाग्ने गर्छ । वैष्णवीदेवी पनि भनिने टुँडालदेवीलाई युवाहरूले पोखरीमा तीन पटक घुमाउँछन् । यस जात्रासँग जोडिएका किंवदन्ती अनुसार टुँडालदेवीका गहना खोज्न रथलाई पोखरीमा लैजाने चलन छ ।

यस जात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनी आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेको देखिछिन्। यसबाट रिसाएकी भाटभटेनी राति नै फर्किँदा हराएको गहना प्रत्येक वर्ष यसरी नै खोज्ने गरिएको लोकोक्ति छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर