नेभिगेसन मेनु

आज रामनवमी पर्व मनाइँदै
सम्पादक:南亚网络电视
समय:2023-03-30 12:42
439

ramayen

आज रामनवमी पर्व । चैत्र शुक्ल पक्षको नवमी तिथीमा पर्ने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजाआजा गरि मनाइँदैछ । हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ ।

चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ। त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो।

यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ ।

सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ । त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाहभएको थियो।राम नवमीको अवसरमाआज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेतदिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर