नेभिगेसन मेनु

संरक्षणको पर्खाइमा पुरातात्त्विक क्षेत्र
सम्पादक:南亚网络电视
समय:2023-04-01 13:49

Untitled-1 (1)

भगवान् गौतम बुद्धको मावली गाउँ पण्डितपुर संरक्षणको पर्खाइमा रहेको छ। तत्कालीन कोलिय राज्यको राजधानी पण्डितपुर अतिक्रमणमा परेपछि संरक्षणको अभाव देखिएको हो। 

पश्चिम नवलपरासीका ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सो क्षेत्र संरक्षण गर्न जरुरी भएको स्थानीयवासी बताउँछन्। रामग्राम नगरपालिका–१४ स्थित प्राचीन कोलिय राज्यको राजधानी (हालको पण्डितपुर) क्षेत्रमा कङ्क्रिटको भवन बनाउन थालिएको छ। 

पुरातात्त्विक एवं ऐतिहासिक महत्त्वका वस्तुहरू प्राप्त भएको यो स्थानमा अतिक्रमण गरी आफूखुसी भवन बनाउने क्रम बढ्दै गएको छ। यसतर्फ कसैले ध्यान नदिएको नवलपरासी नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो। 

वि.सं. २०५९ देखि अध्ययन सुरु गरिएको पण्डितपुर उत्खननसमेत गरिएको थियो। उत्खननले पण्डितपुर प्राचीन कोलिय राज्यको राजधानी भएको प्रमाणित भइसकेको पण्डितपुर उत्खननमा नेतृत्व गर्नुभएका पुरातत्त्व विभागका अधिकृत भाष्कर ज्ञवालीले जानकारी दिनुभयो।

यो क्षेत्र ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको भएको प्रमाणित गरे पनि सम्बन्धित निकायले यसको संरक्षणमा ध्यान दिन सकेको छैन। उक्त क्षेत्रमा दिनप्रतिदिन अतिक्रमण भइरहेको छ। 

पुरातात्त्विक एवं ऐतिहासिक महत्त्वका क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न पुरातात्त्विक उत्खनन गरिएको क्षेत्र वरिपरिको करिब ४० बिघा क्षेत्रफल जमिन पुरातत्त्व विभागले अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो। 

पुरातात्त्विक महत्त्वको क्षेत्रका कतिपय स्थानमा स्थानीयको बस्ती, खेती गर्ने जमिन रहेको हुँदा पुरातात्त्विक महत्त्वको स्थानमा घर, सार्वजनिक भवन, माछापालनका लागि पोखरी, इनारलगायतका भौतिक निर्माण भइरहेका छन्। 

स्थानीयवासीले सो स्थानमा पोखरी, इनार, घर बनाउन जग खन्दासमेत अनेक पटक पुरातात्त्विक महत्वका माटाका भाँडा, चुरालगायतका वस्तु फेला पर्ने गरेका छन्।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर