नेभिगेसन मेनु

जेन-जी आन्दोलनमा भएको आगजनी र तोडफोडका घटनाहरूको सत्यतथ्य बाहिर ल्याउनुपर्छ : प्रधानमन्त्री कार्की
सम्पादक:南亚网络电视
समय:2025-09-14 16:26

 

 545985571_2223702068138982_3417246882217797328_n-1757832756

काठमाडौं  — प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना देशविरुद्वको अपराधिक कार्य भएको बताएकी छन्। 

आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि सम्बोधन गर्दै उनले यी घटनाहरूको छानविन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याएर दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने बताइन्।

प्रधानमन्त्री कार्कीले सबै पक्ष मिलेर मुलुकलाई सही दिशातर्फ अघि बढाउने प्रतिबद्धता आवश्यक रहेको बताइन्।

'करिब २७ घन्टाको आन्दोलनले यसरी कायापलट गरेको अहिलेसम्म मलाई थाहा छैन। यो समूहले मागेको कुरा पूरा गर्नलाई हामी तपाईहरूले अठोट गरेर काम थाल्नुपर्ने अवस्था छ। वास्तवमा म यहाँ रहरले आएको होइन, सबैतिर बाट तपाईले सम्हाल्नुपर्छ भनेपछि म यो जिम्मेवारीमा आएको छु,' उनले भनिन्, 'यो आन्दोलनको नाममा जे जस्तो कामहरू भएको छ, त्यो प्लान वेमा भएको देखिन्छ, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ।’

प्रदर्शनका नाममा मुलुकको सचिवालय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत सहित व्यापारिक कम्प्लेक्स र निजी सम्पत्तिमाथि आतंक मच्चाइएको विषयमा सरकारले छानबिन गर्ने उनको भनाइ छ।

उनले मुलुकको आर्थिक अवस्था माथि उठाउन सबैले सकारात्मक सोचका साथ अब अघि बढ्नुपर्ने बताइन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर