नेभिगेसन मेनु

बायोग्यास बनाउन फोहोर अपुग
सम्पादक:南亚网络电视
समय:2023-03-03 16:02

1

घोराही, फागुन १९ गते । घोराही उपमहानगरपालिका–१६, गरुवा गाउँ निवासी पृथ्वीपाल चौधरीले बायोग्यासका लागि घरमा पाइपबाट चुलो जोडेको करिब एक महिना हुन लाग्यो तर नियमित रूपमा फोहोरबाट उत्पादित बायोग्यासबाट खाना पकाउन पाउनुभएको छैन।

परीक्षणका लागि फोहोरबाट उत्पादन भएको ग्यास प्रयोग गर्ने अवसर प्राप्त गरे पनि नियमित रूपमा नआउने गरेको उहाँले बताउनुभयो। जसको मुख्य कारण ग्यास प्लान्टमा आवश्यक मात्रामा फोहोर सङ्कलन हुन नसक्नु मुख्य कारण रहेको छ। 

नेपाल ऊर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले फोहोरबाट उत्पादित ग्यास वितरण भए पनि ग्यास उत्पादनका लागि फोहोर सङ्कलन हुन नसक्दा समस्या भएको बताउनुभयो। 

जिल्लामै पहिलो पटक घोराहीमा फोहोरबाट ग्यास उत्पादन सुरु गरिए पनि आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्यास उत्पादनमा समस्या भएको हो।

 “ग्यास प्लान्टका लागि दैनिक २० टन फोहोर आवश्यक पर्ने भए पनि अहिले आधा टन मात्र फोहोर उपलब्ध हुने गरेको छ,” प्लान्ट म्यानेजर श्रेष्ठले भन्नुभयो, “जसले गर्दा पर्याप्त मात्रामा ग्यास उत्पादन गर्न सकिएको छैन।”

गरुवा गाउँका ३४ घरमा परीक्षणका लागि ग्यास वितरण गरिए पनि पर्याप्त फोहोर नहुँदा हाल बन्द गरिएको छ। “पाइपबाट ग्यास वितरणको परीक्षण गरेर अब अन्तिम तयारीमा छौँ तर हामीलाई फोहोर उपलब्ध हुन सकेको छैन,” उहाँले भन्नुभयो, “फोहोरको मात्रा बढेपछि गरुवा गाउँसँगै वडा नं. १६ र १० का अन्य गाउँसम्म ग्यास पु-याउन पाइप विस्तारको काम भइरहेको छ।” अहिले प्लान्टमा दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको छ। जिल्लाका अन्य पालिकाहरूसँग पनि फोहोरका लागि छलफल भइराखेको प्लान्ट म्यानेजर श्रेष्ठ बताउनुहुन्छ । फोहोर पर्याप्त मात्रामा उपलब्ध भएमा हाललाई दैनिक ७५० घरमा ग्यास पु-याउने लक्ष्य छ। 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा करिब चार वर्षअघिदेखि फोहोरबाट ग्यास उत्पादन कार्य सुरुवात भएको हो। सो सम्झौताअनुसार घोराही उपमहानगरपालिकाले संरचना निर्माणका लागि करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ । 

ग्यास प्लान्ट दुई हजार घनमिटरको रहेको छ। २२ करोड बढी खर्च लागेको छ। उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घर–घरमा पु¥याउने योजना रहेको छ । फोहोरबाट ग्याससँगै कम्पोस्ट मल उत्पादन गरिने बताइएको छ। 

मलसमेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा सहज हुने उपमहानगरपालिकाको अपेक्षा छ । फोहोरबाट ग्यास उत्पादन हुने भएपछि उपमहानगरपालिकाले पछिल्लो समय गल्ने र नगल्ने फोहोर छुट्टाछुट्टै रूपमा सङ्कलन गर्ने गरेको घोराही उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले बताउनुभयो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर