काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले संविधान दिवसको अवसर पारेर वृहत् शान्ति र्याली निकालेको छ । माइतीघरबाट सुरु भएको र्याली शहीदगेट हुँदै त्रिपुरेश्वर पुगेको थियो ।
गत हप्ताको आन्दोलनपछि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले वर्तमान राष्ट्रिय सङ्कटको संवैधानिक निकासका लागि राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको थियो ।
नेपाल चिकित्सक सङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल प्राध्यापक सङ्घ र नेपाल पत्रकार महासङ्घ लगायतका संस्थाहरूको यो सञ्जालले युवा पुस्ताको परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त शासनको मागमा पूर्ण ऐक्यबद्धता जनाएका थिए ।