नेभिगेसन मेनु

आम्दा र भीम अस्पताललाई २२ थान आइसियु बेड हस्तान्तरण
सम्पादक:南亚网络电视
समय:2023-03-16 11:18

dbsg

सैनामैना, चैत्र १ गते । निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आइसियु बेड हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानको तर्फबाट बुधवार पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता डा. लीलामणि पोख्रेलले बुटवल र भैरहवामा बुधवार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी बुटवलको आम्दा अस्पताललाई १२ र भैरहवाको भीम अस्पतालमा १० गरी २२ थान आइसियु बेड हस्तान्तरण गर्नुभएको हो  । 

कार्यक्रमका प्रमुख अतिथि तथा निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नेता लिलामणी पोखरेलले निर्मल लामाको परिचय दिँदै हुँदा साहसी, निडर, दूरदर्शी जननेता भएको बताउनु भयो । 

उहाँले  शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताउनु भयो । चीनको सहयोगमा प्राप्त आइसियु बेड अस्पताललाई उपलब्ध गराएको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर