नेभिगेसन मेनु

काम नभएपछि ठेक्का रद्दको तयारी
सम्पादक:南亚网络电视
समय:2023-03-09 13:45

sadak

 लामो समयदेखि अलपत्र अवस्थामा रहेको दाङको घोराही–तुलसीपुर फोर लेन सडकको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढेको छ । ठेक्का प्राप्त गरेको मुख्य निर्माण कम्पनी सम्पर्कमा नआई पेटी ठेकेदारलाई जिम्मा दिँदा काम नहुने अवस्था आएपछि फोर लेन ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढेको हो । 

परियोजना कार्यालय लमहीले ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । सो अवधिभित्र सम्पर्कमा नआए सोही दिनदेखि नै ठेक्का रद्द हुने गरी सूचना प्रकाशित गरिने जनाएको छ । 

सडक परियोजनाका इन्जिनियर वीरबहादुर जीसीले जिल्लाको मुख्य सडकका रूपमा रहेको फोर लेन सडक निर्माणका लागि पटक–पटक गरी चार पटक म्याद थप भइसकेको जानकारी दिनुभयो । जसअनुसार पछिल्लो पटक २०८० साल असार महिनासम्म म्याद थप गरिएको उहाँले बताउनुभयो ।

“अहिले काम नै हुन नसकेको सडकमा २०८० असारसम्म काम हुने अवस्था नै छैन,” इन्जिनियर जीसीले भन्नुभयो, “सडक विस्तारसँगै कालोपत्रेको काम हुनै नसकेपछि ठेक्का तोड्ने गरी सूचना प्रकाशन गरेका छौँ ।” 

घोराही–तुलसीपुर २८ किलोमिटर फोर लेन सडकको निर्माणको जिम्मा भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले लिएको छ । तथ्यले सडक निर्माणको काम अन्य पेटी ठेकेदारलाई दिएको छ । करिब पाँच वर्षको अवधिमा आठ जना पेटी ठेकेदार परिवर्तन भए पनि सडकको अवस्थामा भने सुधार हुन सकेको छैन । सडक पनि नबन्ने र जनताले दुःख पाउने अवस्था सिर्जना भएपछि स्थानीयवासी तथा विभिन्न सङ्घसंस्था तथा अधिकारकर्मीले दबाबमूलक विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

घोराही–तुलसीपुर फोर लेनको काम २०७५ साल माघ महिनादेखि सुरु भएको थियो । ३० महिनामा काम सक्ने गरी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले सम्झौता गरेको थियो । २०७८ जेठ ६ गतेभित्र सक्नुपर्ने काम नसकिएपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक, २०७९ वैशाख २९ गते सक्ने गरी तेस्रो पटक म्याद थप भएको थियो । अहिलेसम्म सडक निर्माणको करिब १० प्रतिशत मात्रै काम भएको छ । 

सो परियोजनाका अनुसार सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाएका थिए । पाण्डेले काम नगरेपछि पेटी ठेकेदारका रूपमा सुवास श्रेष्ठ, जनक डाँगीले जिम्मा लिएका हुन् तर पनि सडक विस्तारको काम हुन नसकेपछि पुनः अनुप पाण्डे आएका हुन् । 

त्यसपछि एकेन्द्र खड्का, विजय पाठक, रोशन श्रेष्ठ हुँदै अहिले सुनिलजङ्ग रायमाझीले पेटी ठेकेदारको जिम्मा पाएका छन् तर सडकको काम भने हुन सकेको छैन । पटकपटक म्याद थप हुँदा पनि काम हुन नसकेपछि फोर लेन सडक आयोजना ठेक्का प्रक्रिया तोड्ने गरी कानुनी प्रक्रिया अघि बढेको इन्जिनियर जीसीले बताउनुभएको छ । 

भारतीय एक्जिम बैङ्कको सहयोगमा उक्त फोर लेन सडक निर्माणमा एक अर्ब २३ करोड लागतमा निर्माण गर्ने गरी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले जिम्मा पाएको थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर