एस् ए टी भी २० साउन २०८२, काठमाडौँः नेपाल तथा चीनको कुटनीतिक सम्बन्ध स्थापना भएको सत्तरी वर्ष पुगेको उपलक्ष्यमा चीनको छिङ्हाई प्रान्त स्थित युशु सहरमा भएको हिमालय पार व्यापार तथा सांस्कृतिक आदानप्रदान कार्यक्रमको दोस्रो दीन पनि नेपालबाट आएको प्रतिनिधिमण्डलले दिनभरी विभिन्न कृयाकलापमा व्यस्त रह्यो।
पूर्व संस्कृती, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको अगुवाईमा नेपालबाट युशु पुगेको टोलिले युशु तथा नेपाल बिच हुन सक्ने आर्थिक तथा व्यापारिक सहकार्य विशेष सेमिनारमा सहभागिता जनाए। उक्त सेमिनारमा सहभागी हुँदै दुवै पक्षले एक अर्का सङ्ग हर सम्भवको सहकार्य अपेक्षा गरेको बताएका थिए। दुःखका बेला एकले अर्कालाई सहयोग गरेको सम्झँदै दुवै पक्षले एक अर्का प्रति कृतज्ञता पनि प्रकट गरेका थिए।
लगत्तै नेपाली टोलीले नेपालबाट कच्चा पदार्थ आयात गरेर युशुको सांस्कृतिक भेषभुषा बनाउने कारखानाको अवलोकन भ्रमण गरेको थियो। उक्त अवलोकनका क्रममा नेपाली पक्षले यस कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए।
दोस्रो दिन युशु देखि नेपाल सामग्री बोकेका तीन ढुवानी गाडीहरू नेपाल तर्फ प्रस्थान गरेका थिए। सम्पूर्ण युशु क्षेत्रका प्रतिनिधी तथा नेपाली टोलीले उक्त युशु नेपाल ढुवानी मार्ग उद्घाटनको अनुभव सङ्गाल्न पाएका थिए।
युशु - नेपाल ढुवानी सेवा शुभारम्भ समारोहमा बोल्दै पूर्व मन्त्री जीवन राम श्रेष्ठले यो एक ऐतिहासिक उपलब्धी रहेको बताए। उनले यस्ता किसिमका आदान प्रदानहरू निकट भविष्यमा उल्लेख्य मात्रामा हुनु पर्नेमा पनि जोड दिए। यहाँको सरकारको काम प्रतिको मोह देखेर आफुँ निकै उत्साही भएको बताउँदै उनले नेपाल र युशुको विशेष आत्मियता रहँदै आएको छ र रहिरहने कुरामा स्पष्ट मत राखेका थिए।
उक्त समारोहलाई सम्बोधन गर्दै युशु चेम्बर अफ कमर्सका अध्यक्ष निगाले नेपाल प्रतिको माया निकै रहेको र अबका दिनमा शक्तिशाली आर्थिक सहकार्यको अपेक्षा राखेको बताए। नेपाली भाषामै आफ्नो मन्तव्य दिएका उनले नेपाल लामो समय सम्म बस्दाको अनुभव साट्दै अहिले आफ्ना प्रायः कामदारहरू नेपाली नै रहेको पनि बताए। नेपाल सङ्गको यस सुमधुर सम्बन्ध जुगौँ जुग सम्म जाओस् भन्ने उनको चाहना पनि रहेको थियो।
कार्यक्रमले एक सुन्दर सहकार्यका कोशेढुङ्गाको रूपमा काम गरेको आयोजक तथा सहभागीले जनाए। पहिलो ढुवानी कार्यक्रम आज सम्भव भएको र अब यो ढुवानी सडक निरन्तर जारी रहनेमा आयोजकले विश्वास लिएका थिए। स्थानीय सरकारहरू यस्ता किसिमका अगुवाईले नेपाल तथा चीनको सुमधुर सम्बन्धमा अझै प्रगाढता भने अवश्य नै ल्याउने छ।