नेभिगेसन मेनु

सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ बढ्यो, २ लाख १५ हजार नजिक पुग्यो
सम्पादक:南亚网络电视
समय:2025-09-09 14:16

 

 Screenshot 2025-09-09 at 11.58.01

काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १५ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य ३ हजार १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ पुगेको हो । 

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको हो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर